Headline

१०० विकेटको खुशी भन्दा पनि टोलीको हारमा दु:खि छु : सन्दिप लामिछाने 

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दिप लामिछाने ट्वान्टी ट्वान्टी क्रिकेटमा १०० विकेट लिने पहिलो खेलाडी बनेका छन् ।

थाईल्याण्डमा जारी एसिसि इस्टर्न रिजन ट्वान्टी ट्वान्टी एसिया कप क्वालिफायर्स अन्तर्गत मलेसियाबिरुद्धको खेलमा सन्दिपले एक सयौं विकेट लिएका हुन् । उनले ओपनर विरनदिप सिँहलाई पवन शर्राफको हातबाट क्याच आउट गराउँदै ट्वान्टी ट्वान्टीमा आफ्नो १०० विकेट पुरा गरेका हुन् ।

खेल पछि विसपोर्टज़सँग थाईल्याण्डमा कुरा गर्दै सन्दिपले आफ्नो लक्ष्य अझै टाढा रहेकाले गर्दा पनि आज १०० विकेट निकाल्दा खुशीयाली नमनाएको जनाए । उनले अघि भने, “म आज आफ्नो १०० विकेट लिएकोमा खुशी भन्दा पनि नेपालको हारमा दु:खि छु ।  ”

Click to comment

Trending