Headline

सिटीसँग रियल म्याड्रिड बर्नाबाउमै स्तब्ध

Published

on

पाँच मिनेटको अन्तरमा दुई गोल गर्दै म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको प्रि क्वार्टरफाइनलमा रियल म्याड्रिडलाई उसकै घरमा २–१ को रोमाञ्चक जित हात पारेको छ ।

स्यान्टियागो बर्नाबाउमा इस्कोले दोश्रो हाफको १५ मिनेटमपछि रियललाई अग्रता दिलाएका थिए । तर ग्याब्रियल जिजस र केभिन डि ब्रुनले गोल गर्दै सिटी महत्वपूर्ण अवे जित दिलाए ।

च्याम्पियन्स लिगमा सिटीले पहिलो पटक रियललाई पराजित गरेको हो भने १७ मार्चमा हुने इतिहाद स्टेडियममा हुने खेलको लागि पनि महत्वपुर्ण अग्रता बनाएको छ । सिटीमा हुने दोश्रो लेगमा रियलले १–० को जित पनि पर्याप्त हुने छैन ।

पहिलो हाफमा दुवै तर्फ गोल हुन नसकेपछि रियलले रोद्रि र निकोलस ओटामेन्डीबीच रक्षपंक्तिमा तालमेल नमिल्दा गोल गरेको थियो । उनले भिन्सियस जुनियरको पासमा गोल गरेका थिए । सर्जियो रामोसको प्रहार केही माथि बाट जादा रियलले अग्रता दोब्बर बनाउन चुकेको थियो ।

७८ ओं मिनेटमा जिजसले क्लोज रेन्जबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । निकै आकर्षक खेल प्रदर्शन गरेको सिटीले रहिम स्टर्लिङमाथि फल भएपछि ८३ औं मिनेटमा पेनाल्टी पाएको थियो । डि ब्रुनले पेनाल्टीमा सहज गोल गरेका थिए ।

बुधबार राति नै भएको खेलमा फ्रेञ्च क्लब लायोनले क्रिष्चियानो रोनाल्डोको युभेन्टसलाई १–० ले स्तब्ध पार्यो । लुकास टुजार्टले ३१ औ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

Click to comment

Trending