Headline

थ्रि स्टार खप्तड गोल्डकपको सेमिफाइनलमा

Published

on

थ्रि स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा वुधवार भएको दोस्रो क्वार्टर फाईनलमा थ्रिस्टारले सिमराको नव जनजागृती युवा क्लबलाई २–० ले हरायो । थ्रि स्टारको जितमा संजोग राई र आशिष राईले एक– एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएपछि थ्रि स्टारले अन्तिम समयतिर दुई गोल गरेको थियो त्यो पनि एक मिनेटकै अन्तरमा । ८० औं मिनेटमा निशान खड्काको पासमा संजोगले हेड गोल गर्दै थ्रि स्टारलाई अग्रता दिलाए । त्यसको एक मिनेटपछि नै आशिषले गोल गर्दै थ्री स्टारको सेमिफाइनल सुनिश्चित पारेका थिए । उनले पनि निशानकै पासमा गोल गरेका थिए ।

खेलपछि प्रतिक्रिया दिदैं थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टिमले सोचे भन्दा राम्रो खेलेका कारण शुरुमा गोल हुन गाहे भएको भएपनि पछि गोल हुँदा जित हात पारेको बताए ।

“हामीले जति सोचेका थियौं त्यो भन्दा पनि राम्रो खेल्यो । त्यही भएर हामीलाई स्कोर गर्न गाहे भयो,” प्रशिक्षक केसीले भने । नव जनजागृती क्लबका प्रशिक्षक सोनु क्षेत्री भने ए डिभिजन टीमलाई कडा टक्कर दिन सकेकोमा सन्तुष्ट भएका छन् । “अघिल्लो खेलमा ४–० को जितले मनोबल उच्च भएको थियो । टप कम्पिटिसन म्याचमा पछि तालमेल मिलेन र गोल गर्न सकिएन्,” प्रशिक्षक क्षेत्रीले भने ।

थ्रि स्टारले फाइनलका लागि अर्को ए डिभिजन टोली हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज क्लब रुपन्देही बीचको विजेताको सामना गर्नेछ । बिहीबार नेपाल पुलिस क्लब र एपिएफ क्लब भिड्ने छन् ।

Click to comment

Trending