Headline

ग्रेट हिमालय दुई दिवसीय क्रिकेटको फाइनलमा

Published

on

नेक्सस क्रिकेट एकेडेमीलाई एक इनिङ्गस र ६३ रनले पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमी हिमालय क्रिकेट लिग दुई दिवसीय अण्डर १९ क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

मुल्पानी क्रिकेट मैदानमा नेक्ससलाई दोश्रो इनिङ्गसमा १ सय १७ रनमै समेट्दै ग्रेट हिमालय फराकिलो अन्तरको जित हात पारेको हो । म्यान अफ द म्याच अरियो पौडेलले घातक बलिङ्ग गर्दै ८ विकेट लिएपछि नेक्ससले लगातार दोश्रो इनिङ्गसमा खराब ब्याटिङ्ग गरेको हो ।

पहिलो इनिङ्गसमा मोहम्मद हुसैनले पाँच विकेट लिएपछि नेक्सस ४० रनमै अल आउट भएको थियो । दोश्रो इनिङ्गसमा आसिफ शेख र प्रसन सिँहले अद्र्धशतक प्रहार गरेपछि ग्रेट हिमालयले ८ विकेटको क्षतिमा २ सय २० रन बनाउदै १८० रनको फराकिलो अग्रता लिएको थियो ।

दोश्रो इनिङ्गसमा नेक्ससका लागि महेश राना र क्रिस कार्कीले समान २३ रन बनाएका थिए । अरियो बाहेक नेक्ससका लागि प्रसन र अभिषेक बस्नेतले पनि १–१ विकेट लिएका थिए ।

Click to comment

Trending