Headline

पुबुदु आइतबार बिहान नेपाल आउदै

Published

on

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व प्रशिक्षक पुबुदु दासानायके आइतबार नेपाल आउदैछन् ।

पुबुदु लामै समयका लागि नेपाल आउने भएका हुन् । उनी चैत १ बाट त्रिवि क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिगका लागि नेपाल आउन लागेका हुन् । पुबुदुले भैरहवा ग्लेडियेटर्सको बागडोर सम्हाल्न लागेका हुन् ।

घोराही सिमेन्टको स्वामित्य रहेको भैरहवाले यो सिजनका लागि पुबुदुलाई भित्र्याएको हो । शरद भेषावकर मार्कि र कप्तान रहेको भैरहवा पछिल्लो दुई पटकको उपबिजेता हो ।

आइतबार बिहान नेपाल आइपुग्ने पुबुदु त्यही साता भैरहवामा हुने ट्यालेन्ट हन्टमा सहभागि हुनेछन् । पुबुदुले आफू नेपाल आउनका लागि उत्साहित भएको क्रिकेटिङ्गनेपाललाई बताए ।

पुबुदु नेपालमा सबैभन्दा मन पराइएका प्रशिक्षक मध्ये पर्दछन् । सन् २०१४ को बङ्गलादेशमा सम्पन्न आईसिसि ट्वान्टी ट्वान्टी बिश्वकपसम्म डोर्याएका पुबुदुले नेपाललाई एकदिवसीय टोलीको रुपमा एशोसिएट क्रिकेटमा सबैभन्दा उच्च स्थानमा पुग्ने जग खडा गरिदिएका थिए ।

सन् २०१० को अन्त्यतिर अर्का श्रीलंकन रोय डायको स्थान लिएका पुबुदुले नेपाललाई बिश्व क्रिकेट लिग अन्तर्गत डिभिजन ४ बाट डिभिजन १ को टोलीसम्म बनाउन महत्वपूर्ण भुमिका खेलेका थिए । नेपाल अहिले पुबुदुकै योगदानमा टेस्ट राष्ट्र बाहेकका उत्कृष्ट एशोसिएट राष्ट्रहरुलाई चुनौति दिन सक्षम टोलीको रुपमा अघि आएको छ ।

Click to comment

Trending