Headline

चेल्सीले घरमै बायर्नसँग तीन खायो

Published

on

च्याम्पियन्स लिग इतिहासमा आफ्नो घरेलु मैदानमा अहिलेसम्मकै खराब प्रदर्शन गरेपछि चेल्सीले च्याम्पियन्स लिग प्रि क्वार्टर फाइनलमा बायर्न म्युनिखसँग ३–० को लज्जास्पद हार बेहोरेको छ ।

स्ट्यामफोर्ड ब्रिजमा सर्जि नाब्रीले दुई गोल गरेपछि बायर्नले पहिलो लेगमै एउटा खुट्टा क्वार्टर फाइनलमा राखेको हो । समुह चरणमा टोटेन्ह्याम हट्स्परलाई उसकै घरमा ७–२ ले हराउदा नाब्रीले ४ गोल गरेका थिए ।

बायर्नका लागि एक पटक फेरि अवे खेलमा पुर्व आर्सनल स्टार नाब्री चम्किन पुगे । नाब्रीले मङ्गलबार रातिको खेलमा दुवै गोल दोश्रो हाफमा रोबर्ट लेवान्डोस्कीको पासमा गरेका थिए । लेवान्डोस्कीले नै चेल्सीको पुनरागमनको आशामाथि तुषारापात गर्दै अफोन्सो डेभिजको पासमा ७६ औं मिनेटमा तेश्रो गोल गरेका थिए ।

चेल्सीले अन्तिम समयमा मार्कस अलोन्सोलाई गुमाउदै १० खेलाडीमा सिमित बन्न पुगेको थियो । क्वार्टर फाइनल प्रवेशका लागि चेल्सीले अब बायर्नको अलायन्ज अरिनामा कम्तिमा पनि ३–० को जित हात पार्नुपर्नेछ । यस्तो भएको खण्डमा खेलको निर्णय पेनाल्टी सुटआउट मार्फत हुनेछ ।

Click to comment

Trending