Headline

बार्सिलोनाको नापोलीमा महत्वपूर्ण अवे गोल

Published

on

१–० ले पछि परेको स्थितिबाट पुनरागमन गर्दै बार्सिलोनाले च्याम्पियन्स लिगमा महत्वपूर्ण अवे गोल गर्दै इटालियन क्लब नापोलीसँग बराबरी गरेको छ ।

ड्रायस मेर्टेन्सले १८ यार्डबाट गोल गर्दै नापोलीलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । यस क्रममा उनी नापोलीका लागि सर्वाधिक गर्ने खेलाडीको रुपमा मारेक ह्याम्सिकसँग बराबरी पनि गरे । दुवैको १ सय २१ गोल भएको छ ।

दोश्रो हाफको १२ मिनेट बितेपछि बार्सिलोनाले बराबरी गोल फर्काएको थियो । एन्टोइन ग्रिजमनले नेल्सन सेमेडोको क्रसमा गोल गरेका थिए । खेलको अन्त्यतिर आर्टुरो भिडाल रातो कार्ड खादै बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

८९ औं मिनेटमा भिडालले फाबियन रुइजमाथि फल गरेका थिए । रुइजले प्रतिक्रिया जनाएपछि आक्रमक बन्दै भिडालले आफ्नो टाउको उनको अनुहारमा लगेर जोडिदिएपछि लगातार दोश्रो पहेलो कार्ड खाएका थिए ।

बार्सिलोनालाई अब मार्च १८ मा हुने आफ्नो होम म्याचमा गोलरहित बराबरी पनि क्वार्टर फाइनल प्रवेश गर्नका लागि पर्याप्त हुनेछ । क्याम्प नउमा हुने खेलका लागि बार्सिलोना तीन प्रमुख खेलाडी बिना मैदानमा उत्रने सम्भावन बढेको छ ।

स्पेनिस लिगमा अग्रता बनाइरहेको बार्सिलोनाले भिडालसँगै सर्जियो बुस्केलाई पनि च्याम्पियन्स लिगमा तेश्रो पहेलो कार्डपछि गुमाएको छ भने जेरार्ड पिके पनि घाइरते हुन पुगेका छन् । निर्धारित समय समाप्त भएपछिको इन्जुरी टाइममा गोलीगाँठोमा चोट लागेपछि पिकेले मैदान छोडेका थिए ।

Click to comment

Trending