Headline

आरसिटी झम्सिखेलसँग बराबरीमा रोकियो

Published

on

रानीपोखरी कर्नर टिम (आरसिटी) शहीद स्मारक बी डिभिजन लिगको आफ्नो पहिलो खेलमै बराबरीमा रोकिएको छ ।

एन्फा मैदानमा मङ्गलबार भएको खेलमा ६ पटकको ए डिभिजन लिग बिजेता आरसिटी झम्सिखेल युथ क्लबसँग १–१ गोलको बराबरीमा रोकिन पुग्यो । पहिलो हाफको २८औं मिनेटमा कप्तान अमर डङोलको गोलबाट आग्रता बनाएको आरसिटिले समग्रमा दुबै हाफमा दबाब दिन सफल भएको थियो।

रोमाञ्चक बनेको दोश्रो हाफमा निर्धारित समय सक्किएपछि थपिएको इन्जुरी टाइममा अनिश चौधरीले गोल गर्दै झम्सिखेललाई हारबाट जोगाएका थिए । दुबै टोलिका प्रशिक्षकले सोचे अनुरुप खेल पस्किन नसकेको बताए ।

यसअघि प्रवेश बस्नेतले दुई गोल गरेपछि सातदोबाटो युथ क्लबले नयाँ बस्ती युथ क्लबलाई २–० ले हरायो । प्रवेशले दुबै गोल दोस्रो हाफमा गरेका थिए । उनले खेलको ५२ औं मिनेटमा गोल गर्दै सातदोबाटोलाइ आग्रता दिलाएका थिए । क्लब र व्यक्तिगत दोस्रो गोल भने उनले ८२ मिनेटमा गरेका थिए ।

Click to comment

Trending