Headline

सन्दिप लामिाछाने कोहलीसँग एसिया ११ बाट खेल्दै

Published

on

बिश्व ११ बाट लर्डस क्रिकेट मैदानमा वेष्ट इण्डिजबिरुद्ध खेलेका नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछाने एसिया ११ को टोलीबाट पनि खेल्ने भएका छन् ।

सन्दिपले मे ३१, २०१८ मा बिश्व ११ का लागि खेल्दै ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा क्रिकेटको मक्काबाटै सम्झनयोग्य डेब्यु गरेका थिए । उनले पछिल्लो समय देखाउदै आएको प्रदर्शनका कारण नै सन्दिप एसिया ११ मा पनि परेका छन् ।

बङ्गलादेशले बाँगबन्धुको एक सय बर्षको ख्ुशियालीमा अर्को महिना एसिया ११ र बिश्व ११ बीच तीन वटा ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय श्रंखलाको आयोजना गर्न गइरहेको हो । एसिया ११ को टोलीमा भारतीय कप्तान विराट कोहली पनि जोड्न सक्ने बताइएको छ ।

भारतीय क्रिकेट बोर्डले कोहली एक खेलेको लागि उपस्थित हुन सक्ने बताउदै उनलाई आफूहरुले उपस्थितिको बारे सोधेको जनाएको छ । कोहली एसिया ११ को टोलीमा समावेश गरिएका ६ मध्ये एक भारतीय खेलाडी हुन् ।

शिखर धवन, रिसभ पन्त, कुल्दिप यादव र मोहम्मद सामी भने तीन वटै खेलको लागि उपस्थित हुने भएका छन् । बिश्व ११ बाट पुर्व दक्षिण अफ्रिकी कप्तान फाफ दु प्लेसि, क्रिस गेल, रशिद खान र जोनी बेयरस्टो खेल्ने पक्का भएको बङ्गलादेश क्रिेकट बोर्डका अध्यक्ष नाज्मुल हसनले बताएका छन् ।

एसिया ११ टोलीः केएल राहुल, शिखर धवन, विराट कोहली, रिसभ पन्त, कुल्दिप यादव, मोहम्मद सामी, थिसारा पेरेरा, लसिथ मालिङ्गा, रशिद खान, मुजिब उर रहमान, मुस्तफिजुर रहमान, तमिम इक्बाल, मुस्फिकुर रहिम, लिटन दास, सन्दिप लामिछाने

बिश्व ११ टोलीः एलेक्स हेल्स, क्रिस गेल, फाफ दु प्लेसि, निकोलस पुरन, रोस टेलर, जोनी बेयरस्टो, केरोन पोलार्ड, अदिल रसिद, शेल्डोन कोट्रेल, लुँगि, एनगिदी, एन्ड्रयु टाइ, मिचेल मेक्लेनेगन

Click to comment

Trending