Headline

बालुवाटार बिरुद्ध केसीटीसीको फराकिलो जीत

Published

on

सुर्य तामांङ र तिलक भण्डारीले घातक बलिङ गरे पछि हिमालय क्रिकेट लिग यु१९ दुई दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत काठमाडौँ क्रिकेट ट्रेनिंग सेन्टर (केसीटीसी) ले बालुवाटार क्रिकेट क्लबलाई एक पारी र ९७ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
पहिलो दिनको खेलको समाप्तीमा बालुवाटारले आफ्नो दोश्रो पारीमा पाँच विकेट गुमाएर मात्र ४२ रन जोडेको छ र केसीटीसीले पहिलो पारीमा बनाएको २०१ रन भन्दा १०६ रनले पछि रहेको थियो । आज दोश्रो दिनको खेलमा बालुवाटारले मात्र नौं रन जोड्न सक्यो र मात्र ३१ दशमलब दुई ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५१ रन बनाउन सक्यो ।
दोश्रो पारीमा बालुवाटारका प्रशान्त पण्डितले सर्वाधिक १२ तथा नविन तामांङले ११ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको बालुवाटारले २३ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ५३ रन बनाउन सकेको थियो । बालुवाटारको तर्फबाट सागर थापाले सर्वाधिक ११ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
केसीटीसीको जीतमा दोश्रो पारीमा सुर्य तामांङले सर्वाधिक चार तथा सुरज तामांङले तीन विकेट हात पारे । त्यस्तै खेलको म्यान अफ द म्याच घोषित तिलक भण्डारीले पनि दुई विकेट हात पारे ।
यस अघि पहिलो दिनको खेलमा बालुवाटारलाई सस्तैमा समेट्ने क्रममा केसीटीसीका तिलक भण्डारीले घातक बलिङ गर्दै सात दशमलब तीन ओभरमा दुई मेडन सहित १४ रन खर्चिएर पाँच विकेट लिए भने सुर्य तामांङले पनि तीन विकेट हात पारे ।
त्यस्तै केसीटीसीले आफ्नो पहिलो पारीमा ५५ दशमलब तीन ओभरमा नौं विकेटको नोक्सानीमा २०१ रन बनाएर आफ्नो पारी सकिएको घोषणा गर्यो । उसका लागि ओपनर बिपिन आचार्यले सर्वाधिक ७२ रन बनाए भने कप्तान सचिन लाखःले पनि ३६ रन जोडे ।
बालुवाटारका राजन जिसी र दिनेश जंग बुढा मगरले समान तीन-तीन विकेट हात पारे ।
पहिलो पारीमा १४८ रनले पछि परेको बालुवाटारले आफ्नो दोश्रो पारीमा पनि खराब ब्याटिंङ गर्दै दोश्रो दिनको समाप्तीमा ब्याटिंङ गर्दै २६ ओभरमा पाँच विकेट बनाएर ४२ रन मात्र बनाउन सक्यो ।

Click to comment

Trending