Headline

खप्तड गोल्ड कपमा बिवेकको ह्याट्रिक

Published

on

बिवेक चौधरीले ह्याट्रिक गरेपछि नव जनजागृति युवा क्लब सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

धनगढी रंगशालामा आईतवार भएको खेलमा नव जनजागृति युवा क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ४–० को फराकिलो अन्तरले हरायो ।

पेनाल्टीमै गोल गर्न चुकेको मदन भण्डारीले पहिलो हाफमा बिपक्षीलाई बराबरीमा रोकेको थियो । ३५ औं मिनेटमा नव जनजागृतिका मनोज चौधरीले विवेक पुनलाई लडाएपछि पाएको पेनाल्टीमा मदन भण्डारीका कप्तान असिम गुरुङ गोल गर्न चुके । उनको प्रहार नव जनजागृतिका गोलरक्षक दिल मनि चौधरीले बचाएका थिए ।

दोश्रो हाफ शुरु भएको ७ मिनेटपछि सागर चौधरीले गोल गर्दै नव जनजागृतिलाई अग्रता दिलाए । गोलरक्षक विशाल सुनुवार अगाडी बढेको फाइदा उठाउँदै सागरले सहज गोल गरे ।

त्यसपछि खेलमा बिवेक चम्किएका थिए । सुनुवारको डिफेन्डरसँग तालमेल नमिलेको स्थितिको फाइदा उठाउदै बिवेकले सहज गोल गरेका थिए । बिवेकले ७२ औं मिनेटमा दोस्रो र ८० औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए ।

सेमिफाइनलका लागि जन जागृतिले थ्री स्टार क्लबको सामना गर्नेछ । थ्री स्टारले पहिलो चरणमा वाई पाएको हो । प्रतियोगिताको अन्तिम क्वार्टर फाइनलमा मंगलबार गोर्खा ब्वाईज रुपन्देही र सुनौलो संगम वुटबलबीच प्रतिस्पर्धा हुनेछ ।

Click to comment

Trending