Headline

ब्वाइज युनियनको बि डिभिजन लिगमा विजयी शुरुवात

Published

on

ब्वाइज युनियन क्लबले शहीद स्मारक बी डिभिजन लिग फुटबलमा विजयी शुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्समा आइतबारदेखि शुरु भएको लिगमा ब्वाइज युनियनले श्री कुमारी क्लबलाई २–० ले पराजित गर्यो । यस अघि रेलिगेट भएको ब्वाइज युनियनका लागि बर्तमान राइ र प्रदिप बोगाटीले एक–एक गोल गरे ।

ब्वाइज युनियनले ३९ औं मिनेटमा वर्तमानको गोलमार्फत अग्रता लिएको थियो । त्यसपछि खेलको ७६ औं मिनेटमा प्रदिपले गोल गर्दै ब्वाईजलाई २–० को जित दिलाए । खेल अवधि भर ब्वाइज युनियनले श्री कुमारीलाई दबाबमा राखेको थियो ।

बि डिभिजनबाट यो सिजनको बिजेताले ए डिभिजनमा सरस्वती युवा क्लबको स्थान लिनेछ । पुछारमा रहने टोली सी डिभिजनमा घटुवा हुने छ ।  खेलमा म्यान अफ द म्याच ब्वाईजका अरुण लिम्बु चुनिए । प्रतियोगितामा १२ टोलीको सहभागित रहेको छ ।

Click to comment

Trending