Headline

एनसिसिएस–सिप्यान क्रिकेट अवार्डस चैत्र २१ गते

Published

on

क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले गत बर्ष देखि शुरु गरेको एनसिसिएस–सिप्यान क्रिकेट अवार्डसको दोश्रो संस्करण चैत्र २१ गते हुने भएको छ ।

सिप्यानले नेपालको महिला, पुरुष र युवा क्रिकेटमा देखाएको प्रदर्शनका आधारमा खेलाडीहरुलाई पुरस्कृत गर्ने गरेको हो । पुरस्कार पाँच बिधामा दिइदै आएको छ । बर्ष क्रिकेट खेलाडी पुरुष र महिला, उदीयमान क्रिकेट खेलाडी, उत्कृष्ट क्षण र नेपाली क्रिकेटमा दिदै आएको योगदानका आधारमा लाइफटाइम अचिभमेन्ट अवार्ड दिइनेछ ।

बर्ष खेलाडी पुरुष र महिलालले १ लाख ३२ हजार पाउनेछन् । अन्य बिधाका बिजेताहरुले रु ६६ हजार पाउनेछन् । २०१९ मार्च देखि २०२० मार्चसम्म भएको प्रतियोगिताहरुका आधारमा खेलाडी मनोनित गर्नेछ । महिला बिधामा गत बर्ष ६६ हजार दिइएको भएपनि यस बर्ष भने आयोजकले पुरस्कार राशीमा समानता ल्याएको हो ।

सिप्यनका अध्यक्ष डा. मनिष राज पाण्डेले उत्कृष्ट क्षणको मनोनयन चाडै सार्वजनिक गरिने जानकारी दिएका छन् । बर्षको उत्कृष्ट क्षणको बिजेता भने अनालाईन भोटिङ्ग मार्फत गरिनेछ । आयोजकले बर्षका उत्कृष्ट क्षणहरु आफ्नो अनलाइन वेबसाइटमा राख्नेछ भने सर्वाधिक मत पाउने क्षण बिजयी बन्नेछ ।

“हामीले गत बर्ष जति पनि प्रतिक्रिया पाएको थियौं, ती निकै सकारात्मक रहेका थिए । हामी पुरस्कारलाई अझै परिस्कृत र परिमार्जित गर्दै लाने तयारीमा लागेको छौं । यसका लागि सबै पक्षको सहयोगको अपेक्षा राखेका छौं,” पाण्डेले भने ।

गत बर्ष यो पुरस्कार करण केसीले क्यानडाबिरुद्ध वल्र्ड क्रिकेट लिग डिभिजन टुमा खेलेको इनिङ्ग्सले पाएको थियो । प्रतियोगिताको मुख्य प्रायोजक एनसिसिएस ग्रुप रहेको छ । एनसिसिएस नेशनल कलेज अफ कम्प्युटर स्टडिजको समुह हो ।

युवा लेग स्पिनर सन्दिप लामिछाने र सिता राना मगरले गत बर्ष उत्कृष्ट क्रिकेटर घोषित भएका थिए भने रोहित कुमार पौडेलले उदीयमान क्रिकेटको पुरस्कार जितेका थिए । कोमल पाण्डेले लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका थिए ।

Click to comment

Trending