Headline

वाइल्डरलाई नक आउट हान्दै फ्युरीले जिते वल्र्ड हेभिवेट उपाधि

Published

on

अमेरिकन बक्सर डिओन्टे वाइल्डरको पाँच बर्षे राजलाई समाप्त गर्दै ब्रिटेनका टाइसन फ्युरी टेक्निकल नकआउटका आधारमा डब्लुबिसि वल्र्ड हेभिवेट च्याम्पियन बनेका छन् ।

अमेरिकाको लास भेगासमा भएको खेलमा फ्युरीले आफ्नो बक्सिङ करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै सात राउण्डसम्म चलेको फाइटमा वाइल्डरलाई ध्वस्त पारेका थिए । सन् २०१८ मा दुई बक्सबिचको भिडन्त पक्का भए यता कसैले पनि फ्युरीले त्यस्तो दवाब कायम गर्छन भनेर सोचेकै थिएनन् ।

एमजिएम ग्राण्ड अरिनामा घरेलु समर्थकलाई स्तब्ध पार्दै वाइल्डरलाई तेश्रो र पाचौं राउण्डमा ढालेका थिए । फ्युरीको सशक्त प्रहारका बावजुद उठेर भिडेका वाइल्डरलाई उनका कर्नरले सातौं राउण्डमा टावेल फाल्दै फाइट समाप्त भएको जनएका थिए ।

फ्युरीले सन् २०१५ मा आफ्नो हेभिवेट टाइटलको उपाधि गुमाउदै आए यता वाइल्डरले एक छत्र राज गरेका थिए । आइतबार बिहानको हारले वाइल्डरको व्यवसायिक करिअर नै समाप्त भएको हुनसक्ने बक्सिङका पण्डितहरुले बताउन थालेका छन् । वाइल्डरले फाइटमा मुस्किलले फ्युरीमाथि पञ्च गर्न सकेका थिए ।

जितपछि फ्युरीले वाइल्डरको प्रशंसा समेत गर्न भ्याए । “म वाइल्डरको साहसलाई सलाम गर्न चाहन्छु । उनले एक च्याम्पियनको मुटु देखाएका थिए । उनले फाइटलाई सातौं राउण्डसम्म तानेर लगे । उनी एक योद्धा हुन् र फेरि एक पटक च्याम्पियन बन्नेछन् । अहिले लागि राजा गद्दिमा फर्किएको छ,” फ्युरीले भने ।

1 Comment

Trending