Headline

लेभान्तसँग रियल स्तब्ध, शिर्ष स्थान पुग्नबाट चुक्यो

Published

on

१० औ स्थानको लेभान्तसँग १–० ले स्तब्ध भएपछि रियल म्याड्रिडले स्पेनिस ला लिगमा शिर्ष स्थान पुन कब्जा गर्ने मौका गुमाएको छ ।

शनिबार राति भएको खेलमा होजे लुईस मोरालेसले गोल गरेपछि रियलले ला लिगमा दोश्रो पराजय बेहोर्न पुग्यो । रियलको हारले फाइदा भने बार्सिलोनालाई पुगेको थियो । शनिबार नै भएको खेलमा बार्साले लियोनल मेस्सीको चार गोलको मद्दतमा एबारलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको थियो ।

जितपछि बार्सिलोना २५ खेलबाट ५५ अंक सहित शिर्ष स्थानमा उक्लिएको थियो । तर रियलले गुमाएको पहिलो स्थान पुन कब्जा गर्ने सोचिएपनि लेभान्तसँग अनपेक्षित हारपछि उसलाई नराम्रो झड्का लागेको छ । रियल ५३ अंकसहित दोश्रो स्थानमा रहेको छ ।

बार्साले एक क्लासिकोमा अर्को आइतबार रियलको सामना गर्नेछ जहा दुवै टोलीलाई लिग उपाधिको होडमा जित निकै महत्वपूर्ण रहनेछ । बार्साले जितेको खण्डमा पाँच अंकको अग्रता बनाउनेछ ।

बुधबार च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सामना गर्नुअघि रियलले निकै नीरस खेल प्रदर्शन गरेको थियो । रियलले लगातार गोल गर्ने मौका गुमाउदै जादा मोरालेसले खेलको अन्त्यतिर दर्शनीय भलि प्रहार गर्दै उत्कृष्ट गोल गरेका थिए ।

Click to comment

Trending