Headline

मेस्सीले चार गोल गरेपछि बार्साले एबारलाई पाँच हान्यो

Published

on

लियोनल मेस्सीले चार गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा एबारलाई पाँच गोल हानेको छ ।

क्याम्प नाउमा मेस्सीले पहिलो ४० मिनेटमै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । अर्को गोल आर्थरले गरेपछि बार्साले १६ औं स्थानको एबारमाथि सहज जित निकाल्यो । जितपछि बार्सिलोना ला लिगा शिर्ष स्थानमा उक्लेको छ ।

बार्साको २५ खेलबाट ५५ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको ५३ अंक रहेको छ । गेटाफे ४२ अंक साथ तेश्रो स्थानमा रहेको छ भने एट्लेटिको म्याड्रिड र सेभियाको समान ४० अंक रहेको छ ।

मेस्सीको ला लिगामा यो ३८ औं ह्याट्रिक हो । मेस्सीले यो सिजन बार्सिलोनाका लागि ला लिगामा १८ गोल गरिसकेका छन् । उनी भन्दा पछाडी रियलका करिम बेन्जेमा रहेका छन् । उनको १३ गोल रहेको छ भने अर्का बार्सिलोना खेलाडी लुइस सुवारेजको ११ गोल भएको छ ।

शनिबारको दोश्रो ला लिगा खेलमा मेस्सीले १४ मिनेटमा गोलको खाता खोलेका थिए । उनले इभान राकिटिचको पासमा गोल गरेका थिए । ३७ औं र ४० औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक पुरा गरेका थिए । तीन मिनेटको अन्तरमा बार्साले दोश्रो हाफमा दुई गोल थपेको थियो ।

मेस्सीले ८७ र आर्थरले ८९ औं मिनेटमा गोल गरेका थिए । दिनको पहिलो खेलमा सेल्टा भिगोले लेगानेसलाई १–० ले हरायो ।

Click to comment

Trending