Headline

दोश्रो दिन न्युजिल्यान्ड हाबी, भारत पहिलो पारीमा १६५ रनमा अलआउट 

Published

on

भारत बिरुद्धको पहिलो टेस्टको दोश्रो दिनको खेलमा न्युजिल्यान्ड हाबी भएको छ ।
भारतलाई पहिलो पारीमा १६५ रनमा अलआउट गराएको न्युजिल्यान्डले दोश्रो दिनको खेलको समाप्तीमा आफ्नो पहिलो पारीमा पाँच विकेटको नोक्सानीमा २१६ रन बनाएको छ र ५१ रनको अग्रता कायम गरेको छ ।
बर्षाले प्रभावित खेलको पहिलो दिन टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिनको खेलको समाप्तीमा ५५ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १२२ रन बनाएको थियो । दोश्रो दिनको खेलमा भारतले मात्र ४३ रन जोड्न सक्यो र आफ्नो बाँकी सबै विकेट गुमायो ।
भारतको लागि पहिलो दिनको समाप्तीमा १२२ बलमा ३८ रन जोडेका अजिंक्य रहाने आज मात्र आठ रन जोड्दै पेभेलियन फर्किए भने विकेट किपर ब्याट्सम्यान रिशब पन्त पनि आज नौं रन जोड्दै  ५३ बलमा १९ रन बनाएर आउट भए ।
भारतका ओपनरद्वय पृथ्वी श १८ बलमा १६ रन तथा मायांक अगरवाल ८४ बलमा ३४ रन बनाएर पेभेलियन फर्किए भने चेतेश्वर पुजारा पनि ११ रनमा आउट भए । त्यस्तै कप्तान बिराट कोहलीले पनि दुई रन भन्दा बनाउन सकेनन् भने हनुमान बिहारी पनि सात रनमा आउट भए ।

भारतको पारी धोस्त पार्ने क्रममा कायल जमिएसन र टिम साउदी समान ४-४ विकेट हात पारे । जमिएसनले १६ ओभर बलिङ गर्दै तीन मेडन सहित ३९ रन खर्चिए भने साउदीले २० दशमलब एक ओभरमा पाँच मेडन सहित ४९ रन मात्र दिए । ट्रेन्ट बोल्टले पनि एक विकेट आफ्नो नाममा दर्ता गराए ।

कप्तान केन विलियमसनको अर्धशतकको मद्धतमा न्युजिल्यान्डले आफ्नो पहिलो पारीमा ७१ दशमलब एक ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा २१६ रन बनाएको छ ।

न्युजिल्यान्डका कप्तान विलियमसनले १५३ बलको सामना गर्दै ११ चौकाको मद्धतमा सर्वाधिक ८९ रन जोडे भने रस टेलरले पनि ४४ रनको पारी खेले । त्यस्तै टम ब्लन्डेलले पनि ३० रनको योगदान दिए ।

भारतका इशान्त शर्माले सर्वाधिक तीन विकेट लिए ।

 

Click to comment

Trending