Headline

चेल्सीको प्रिमियर लिगमा स्पर्समाथि महत्वपूर्ण जित

Published

on

इङ्गलिस प्रिमियर लिगमा चेल्सीले टोटेन्ह्याम हट्स्परलाई २–१ ले पराजित गर्दै महत्वपूर्ण जित हात पारेको छ ।

ओलिभर जिरुड र मार्कस अलोन्सोले गोल गरेपछि चौथो स्थानको चेल्सीले च्याम्पियन्स लागि आफ्नो दाबेदारी अझै मजबुत बनाएको छ । एन्टोनियो रुडिगरको आत्मघाती गोलमा खेलको अन्त्यतिर टोटेन्ह्यामले एक गोल फर्काएको थियो ।

जितपछि चेल्सी २७ खेलबाट ४४ अंकसहित चौथो स्थानमा कायमै रहेको छ । टोटन्ह्यामको ४०, सेफिल्ड युनाइटेडको ३९ र म्यानचेस्टर युनाइटेडको ३८ अंक रहेको छ । दोश्रो स्थानको म्याचेस्ट सिटीलाई युइएफएले युरोपियन प्रतिस्पर्धाबाट प्रतिबन्ध लगाएको कारण थुप्रै टिमहरु अझै पनि च्याम्पियन्स लिगमा सोझै छनोट हुने होडबाजीमा कायम रहेका छन् । यस्तै स्थितिमा चेल्सीको लागि शनिबारको जित निकै महत्वपूर्ण रहेको छ ।

स्ट्याम्फोर्ड ब्रिजमा यसअघि म्यानचेस्टर युनाईटेडसँग पराजित चेल्सीले शनिबार खेलको १५ मिनेटमै अग्रता लिएको थियो । जिरुडले अफसाइड ट्रयाप बिट गर्दै गरेको पहिलो प्रहारलाई ह्युगो लोरिसले रोकेपछि रोस बार्कलीले मिलाएको पासमा जिरुडलेनै गोल गरेका थिए ।

दोश्रो हाफको तीन मिनेट पछि उत्कृष्ट टिम प्रदर्शन देखाउने क्रममा चेल्सका लागि अलोन्सोले गोल गरे । ८९ औं मिनेटमा एरिक लमेलाले गरेको प्रहार रुडिगरको खुट्टामा लागेर गोल हुन पुगेको थियो । तर अन्तिम पाँच मिनेटमा टोटेन्ह्यामले बराबरी गोल फर्काउन असफल रहेको थियो ।

Click to comment

Trending