Headline

पछि परेको स्थिति उल्टाउदै एपिएफ बिजयी

Published

on

न्युरोड टिम (एनआरटी) लाई २–१ ले पराजित गर्दै नेपाल एपिएफ क्लब सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टर फाइनल प्रवेश गरेको छ ।

एनआरटीले दर्शन गुरुङको गोलमार्फत खेलमा अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । रमेश दंगाल र बिकु तामाङले १–१ गोल फर्काएपछि एनआरटी स्तब्ध बनेको थियो ।

दर्शनले ३९ औं मिनेटमा एनआरटीलाई अग्रता दिलाएका थिए । कप्तान प्रकाश बुढाथोकीले मिलाएको पासलाई दर्शनले डिबक्स भित्रबाट पहिलो बारमा सुन्दर गोल गरेका थिए । तर, दोस्रो हाफमा एपीएफ खेलमा फर्कियो ।

६१ औं मिनेटमा रमेशले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीमा ल्याए । सुदिप शिख्राकारको कर्नरमा अनमार्क रहेका डिफेन्डर रमेशले हेड गोल गरे । त्यसको ६ मिनेटपछि वैकल्पिक खेलाडी बिकुले गोल गर्दै एपीएफलाई २–१ को जित दिलाए । कप्तान टोप बहादुर बिष्टले प्रहार गरेको रिवाउण्ड बलमा बिकुले गोल गरेका थिए ।

खेलको म्यान अफ दि म्याच रमेश चुनिए । उनले १० हजार प्राप्त गरे । एपीएफले सेमिफाईनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

यसअघि सहिद स्मारक ए डिभिजन लिगमा एनआरटीसँग ३–२ को हार व्यहोरेको एपिएफले त्यसको बदला समेत लिएको छ । आईतबार नव जन जागृती क्लब सिमरा र मदन भण्डारी स्पोर्ट्स एकेडेमी भिड्नेछन् ।

Click to comment

Trending