Headline

अस्ट्रेलियासँग दक्षिण अफ्रिकाको लज्जास्पद हार 

Published

on

एश्टन अगरले घातक बलिङ गर्दै पाँच विकेट लिए पछि घरेलु टोली दक्षिण अफ्रिकाले अस्ट्रेलियासँगको पहिलो ट्वान्टी ट्वान्टी खेलमा लज्जास्पद हारको सामना गरेको छ । यससँगै तीन खेलको शृंखलामा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ ।
जीतका लागि १९७ रनको बिशाल लक्ष्य लिएर ब्याटिंङमा आएको दक्षिण अफ्रिकाले १४ दशमलब तीन ओभरमा आफ्ना सबै विकेट गुमाएर मात्र ८९ रन बनाउन सक्यो र खेलमा १०७ रनको फराकिलो हारको सामना गर्न पुग्यो ।
दक्षिण अफ्रिकाको पारी धोस्त पार्ने क्रममा खेलको म्यान अफ द म्याच घोषित अगरले चार ओभरमा २४ रन खर्चिएर पाँच विकेट लिए भने प्याट कमिन्स र एडम जाम्पाले पनि समान २-२ विकेट हात पारे ।
दक्षिण अफ्रिकाको तर्फबाट पुर्व कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २४ रन बनाए भने कागिसो रबाडाले पनि २२ रन जोडे भने अन्य ब्याट्सम्यानले उलेख्य योगदान दिन नसक्दा लज्जास्पद हारको सामना गर्न पुग्यो ।
यस अघि खेलमा टस हारेर पहिले ब्याटिंङ गरेको अस्ट्रेलियाले पुरै २० ओभर खेल्दै छ विकेटको नोक्सानीमा मात्र १९६ रन बनाउन सक्यो ।
उसका लागि स्टिभ स्मिथले ३२ बलको सामना गर्दै पाँच चौका र एक छक्काको मद्धतमा सर्वाधिक ४५ रन बनाए भने कप्तान आरोन फिन्चले पनि तुफानी पारी खेल्दै २७ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए ।

1 Comment

Trending