Headline

भारतीय टोली खप्तड गोल्डकपको क्वार्टर फाइनलमा

Published

on

बाग्मती युवा क्लबलाई टाई ब्रेकरमा ४–२ ले पराजित गर्दै भारतको कञ्चनजंघा एफसी धनगढीमा शुक्रबारदेखि शुरु भएको सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपमा बिजयी भएको छ ।

निर्धारित समयसम्म दुवै टीमले गोल रहित बराबरी खेलेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको थियो । कञ्चनजंघालाई जिताउन गोलरक्षक निगम सिंह नायक बने ।
उनले वागमतीका विपिन तुमसिङ मगर र अनिल मगरको प्रहारलाई रोकेका थिए । यसअघिको दुवै हाफमा कञ्चनजंघाले अधिकांश समय बलमा नियन्त्रण लिएको थियो । तर उसले फिनिसिङ्ग भने राम्ररी गर्न सकेको थिएन ।

निगम म्यान अफ द म्याच घोषित भए र १० हजार नगद पुरस्कार प्राप्त गरे । कञ्चनजंघाले अव सेमिफाईनल प्रवेशका लागि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

शनिवारको खेलमा नेपाल एपिएफ क्लबले एनआरटीको सामना गर्नेछ । फागुन ९ गतेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले २१ लाख १ रुपैँया र उपविजेताले १० लाख १ रुपैँया पाउनेछन् ।

उत्कृष्ट खेलाडीलाई मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १५–१५ हजार पाउनेछन् । प्रतियोगिताको अनुमानित खर्च १ करोड ५० लाख रहेको छ ।

Click to comment

Trending