Headline

न्युजिल्यान्ड बिरुद्ध भारत : पहिलो दिन भारतको खराब ब्याटिंङ 

Published

on

घरेलु टोली न्युजिल्यान्ड बिरुद्धको पहिलो टेस्टको पहिलो दिनको खेलमा भारतले खराब ब्याटिंङ प्रदर्शन गरेको छ ।
बर्षाले प्रभावित खेलको पहिलो दिन टस हारेर पहिले ब्याटिङ गरेको भारतले दिनको खेलको समाप्तीमा ५५ ओभर खेल्दै पाँच विकेटको नोक्सानीमा मात्र १२२ रन बनाएको छ ।
शुरुवात देखि नै लगातार रुपमा विकेट गुमाएको भारतका उपकप्तान अजिंक्य रहाने १२२ बलमा ३८ रन तथा विकेट किपर ब्याट्सम्यान रिशब पन्त ३७ बलमा १० रन बनाएर अविजित छन् ।
भारतका ओपनरद्वय पृथ्वी श १८ बलमा १६ रन तथा मायांक अगरवाल ८४ बलमा ३४ रन बनाएर पेभेलियन फर्किए भने चेतेश्वर पुजारा पनि ११ रनमा आउट भए । त्यस्तै कप्तान बिराट कोहलीले पनि दुई रन भन्दा बनाउन सकेनन् भने हनुमान बिहारी पनि सात रनमा आउट भए ।
भारतको पारी धोस्त पार्ने क्रममा कायल जमिएसनले सर्वाधिक तीन विकेट हात पारे । १४ ओभर बलिङ गरेका उनले दुई मेडन सहित ३८ रन खर्चिए । त्यस्तै टिम साउदी र ट्रेन्ट बोल्टले पनि समान १-१ विकेट हात पारे ।

Click to comment

Trending