Headline

सनसनी मच्चाइरहेका डर्टमन्डका १९ बर्षिय हालान्ड

Published

on

३९ गोल । ६ ह्याट्रिक । बोरुसीया डर्टमण्ड आएपछि ७ खेलमा ११ गोल । मात्र १९ बर्षको उमेरमा च्याम्पियन्स लिगको ७ खेलमा १० गोल । नर्वेका सनसनी युवा फुटबलर एर्लिङ्ग हालान्डले यो सिजन च्याम्पियन्स लिगमा बार्सिलोना भन्दा एक गोल बढी गरेका छन् ।

हालान्डले चम्पियन्स लिगको प्रि–क्वार्टरफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइनसँग देखाएको खेलले सबैको ध्यान अकर्षित गर्न पुग्यो । पिएसजीबिरुद्ध एक ट्याप–इन र अर्को २० यार्ड लामो प्रहारपछि उनी प्रतियोगिताको इतिहासका अन्य खेलाडीहरू भन्दा चाँडो च्याम्पियन्स लिगका चार खेलहरूमा गोलको दोहोरो अंक छुने र पुग्ने एक मात्र टिनएजर हुन्, त्यो पनि एकै सिजनमा ।

न मङ्गलबार उनको बिपक्षी रहेका केलियन एमबाप्पेले यो किर्तिमान राख्न सफल भए न लियोनल मेस्सी न क्रिस्ष्यिानो रोनाल्डोले नै ।

हालान्डले २०१९–२०२० को सिजनमा च्याम्पियन्स लिगमा पूरै बार्सिलोना टोली भन्दा बढी गोल गरिसकेका छन् । डर्टमण्डको इतिहासमा उनी पहिलो खेलाडी हुन जसले आफ्नो पहिलो जर्मन लिग, जर्मन कप र च्याम्पियन्स लिगको पहिलो खेलमै गोल गरेर किर्तिमान कायम गरेका छन् ।

बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीसँगै च्याम्पियन्स लिगको संयुक्त सर्वाधिक गोलकर्ता रहेका हालान्डले आफ्नो खुट्टा भने जमिनमै राखेका छन् । “मैले अझै राम्रो गर्न सक्छु जस्तो लाग्छ,” मङ्गलबारको खेलमा म्यान अफ द म्याच पाएपछि हालान्डले भने ।

“मैले यो स्तरमा अझ राम्रो खेल्नु पर्छ । आफ्नो खेलमा सुधार ल्याउन कडा परिश्रमको आवश्कता छ । जित हात पारेपनि २–१ को नतिजा डबल लेगमा खतरा नै हो । पिएसजी निकै बलियो टोली हो र अर्को लेगमा जे पनि हुन सक्छ । त्यही भएर हामीले अर्को लेग अझै राम्रो गर्दै जानु पर्ने छ,” टिमको लागि सोच्दै हालान्डले भने ।

प्रत्येक ४१ मिनेटमा गोल गरिरहेका हालान्डले जनवरीमा डर्टमन्ड आएका हालान्डले ४०५ मिनेट खेल्दै ११ गोल ठोकिसकेका छन् । बुन्डेसलिगमा मात्र पाँच खेल खेलेका हालान्ड भन्दा ११ अन्य खेलाडीले उनीभन्दा बढी लिग गोल गरेका छन् ।

एक महिनाको दौरान फुटबल मैदानमा एक घण्टा भन्दा कम मात्र बिताएपनि उनी डर्टमन्ड आएको महिनामै बुन्डेसलिगाको उत्कृष्ट खेलाडी घोषित भएका थिए । पूर्व लिड्स र म्यानचेस्टर सिटीका खेलाडी अल्फ–इन्जे हालान्डका छोरा उनी लिड्समै जन्मिएका हुन् ।

गत महिना म्यानचेस्टर युनाइटेड र युभेन्टससँग नाम जोडिए पनि उनी रेड बुल साल्जबर्गबाट २० मिलियन युरोमा डर्टमन्ड आएका थिए । डर्टमन्ड आउनु अघि उनले साल्जबर्गका लागि च्याम्पियन्स लिगको समुह चरणमा पनि ८ गोल गरेका थिए ।

पहिलो भएको भए उनले एकै सिजनमा दुई क्लबका लागि च्याम्पियन्स लिग खेल्न पाउने थिएनन् । तर युरोपियन फुटबलको सर्वोच्च निकाय युुइएफएले नियममा परिवर्तन गरेपछि उनले डर्टमन्डका लागि पनि च्याम्पियन्स लिग खेल्न पाएका हुन् ।

“उनी एक गोल स्कोरर हुन । उनी १९ वर्षका छन र उनमा एक उत्कृष्ट प्रतिभा छ,” डर्टमन्डका एलेक्स विट्सेलले भने । “उनले अझै सुधार गर्दै जने हो भने साँच्चिकै महान खेलाडी बन्ने बाटोमा छन् ।”

1 Comment

Trending