Headline

जर्ज मुन्से ईपीएलमा खेल्ने

Published

on

स्कटल्यान्डका ब्याट्सम्यान जर्ज मुन्सेले आगामी संस्करणको एभरेस्ट प्रिमिएर लिग (ईपीएल) मा खेल्ने भएका छन् । पोखरा राईनोजले आज प्रेस विज्ञप्ति जारी गर्दै मुन्से पोखराबाट खेल्ने जनाएको हो ।
पोखराले यस अघि वेस्ट इण्डिजका विस्फोटक ओपनर ब्याट्सम्यान युनिभर्सल बोस क्रिस गेल तथा वेस्ट इण्डिजका केश्रीक विलियम्सलाई आफ्नो टोलीमा अनुबन्ध गरिसकेको छ ।
बायाँ हाते ओपनर २६ बर्षिय मुन्सेले स्कटल्यान्डको तर्फबाट २५ एकदिवसीय तथा ३८ ट्वान्टी ट्वान्टी अन्तरास्ट्रिय खेल खेलेका छन् । उनले ट्वान्टी ट्वान्टीमा एक शतक र पाँच अर्धशतक सहित ९८७ रन प्रहार गरेका छन् भने एकदिवसीयमा दुई अर्धशतक सहित ५६२ रन आफ्नो नाममा दर्ता गराएका छन् ।
आगामी संस्करणको एभरेस्ट प्रिमिएर लिग मार्च १४ बाट २८ गते सम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ ।

1 Comment

Trending