Headline

ह्वाइट हाउसलाई अण्डर–१८ राष्ट्रिय बास्केटबलको उपाधि

Published

on

ह्वाइट हाउस इन्टरन्यासनल कलेजले अण्डर १८ राष्ट्रिय बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

दशरथ रँगशालामा बिहिबार सम्पन्न फाइनलमा ह्वाइट हाउसले जेभियर इन्टरन्यासनललाई ५६–४५ ले हरायो । ह्वाइट हाउसको जितमा सुरज खत्रीले सर्वाधिक ८ अंकको योगदान गरे ।

पहिलो हाफ प्रतिस्पर्धात्मक रहेको खेलमा ह्वाइट हाउसले पहिलो क्वार्टरमा १०–८ को झिनो अग्रता लिएको लिएको थियो । दोश्रो क्वार्टर पनि दुई अंक (१४–१२) ले आफ्नो पक्षमा पारेको ह्वाइट हाउस दोश्रो हाफमा पुग्दा २४–२० ले अगाडी रहेको थियो ।

खेलमा फर्किने मौका रहेपनि तेश्रो क्वार्टरमा जेभियरको खेल खस्किएको थियो । सात अंकमात्र स्कोर गर्न सफल जेभियर अन्तिम क्वार्टरको समाप्तिमा १७ अंकले पछि परेको थियो । तेश्रो क्वार्टरमा ह्वाइट हाउसले २० अंक स्कोर गरेको थियो ।

अन्तिम क्वार्टरमा राम्रो प्रदर्शन गरेपनि जेभियरलाई जितको लागि पर्याप्त भएन । अन्तिम क्वार्टरमा जेभियर १८–१२ ले अगाडी रहेको थियो । प्रतियोगिता यही बर्ष हुन गइरहेको साबा अण्डर १८ च्याम्पियनसिपको छनोटको रुपमा पनि रहेको थियो ।

Click to comment

Trending