Headline

ओसिसको बालुवाटारबिरुद्ध फराकिलो जित

Published

on

सुमित श्रेष्ठले पनि शतक पुरा गरेपछि ओसिस क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिमा बालुवाटर क्रिकेट एकेडेमीलाई एक इनिङ्गस र १० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो दिन बनाएको ६ विकेटको क्षतिमा ३ सय ६४ रनबाट खेल शुर गरेको ओसिसलाई सुमितले शतक पुरा गर्दै ६० ओभरमा ७ विकेटको क्षतिमा ४ सय ४७ रनको बिशााल योगफल बनाउदै एक सय ८२ रनको बिशाल अग्रता बनायो ।

पहिलो दिन शतक बनाएका सचिन शर्माले पाँच विकेट लिएपछि बालुवाटार आफ्नो दोश्रो इनिङ्गसमा ४९ ओभरमा १ सय ७२ रन बनाउदा अल आउट भयो । बालुवाटारका लागि नविन तामाङले सर्वाधिक ६८ रन बनाएका थिए ।

१ सय ३ बलको सामना गरेका नविनले ९ चौका र एक छक्का प्रहार गरे । पुजन गुरुङले २३ रनको योगदान दिए भने पहिलो दिन शतक बनाएका दिनेश बुढा मगर र सागर थापाले समान २०–२० रन जोडे । सुमितले पनि ओसिसका लागि तीन विकेट लिएका थिए ।

यसअघि पहिलो दिनको स्कोरमा दुई रनमात्र थप्दा ओसिसले म्यान अफ द म्याच सचिनलाई गुमाएको थियो । त्यसपछि सुमितले आठौं विकेटका लागि सागर भण्डारीसँग ८१ रनको साझेदारी गरेका थिए । ७७ बलको सामना गरेका सुमितले १८ चौका प्रहार गर्दै १ सय ७ रन बनाए ।

सागरले १५ बलमा चार चौका र तीन छक्काको मद्दतमा ३९ रन बनाए । बालुवाटरले पहिलो इनिङ्गसमा ९ विकेटको क्षतिमा २ सय ६५ रन बनाएको थियो ।

Click to comment

Trending