Headline

हिमालय क्रिकेट लिगमा एकै दिनमा दुई शतक

Published

on

नेपालको एक मात्र अण्डर १९ दुई दिवसीय क्रिकेट हिमालय क्रिकेट लिगको दोश्रो खेलमा एकै दिन दुई शतक बनेका छन् ।

मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा दिनेश बुढामगरले आकर्षक शतक प्रहार गरेपछि बालुवाटार क्रिकेट क्लबले ५० ओभर खेल्दै २ सय ६५ रनमा ९ विकेटको क्षतिमा आफ्नो पहिलो इनिङ्गसको घोषणा गर्यो । जवाफमा सचिन शर्माले नटआउट १ सय १७ रन जोडेपछि पहिलो दिन ओसिसले ५३ ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६४ रन बनाएको छ ।

पहिलो विकेट शुन्यमै गुमाएको ओसिसका लागि आशिष झाले दोश्रो विकेटका लागि सुदिप बस्नेत (२३) सँग ८० रनको साझेदारी गर्दै इनिङ्गस सम्हालेका थिए । ओसिसले त्यसपछि पाँच रनको अन्तरमा आशिषसहित दुई विकेट गुमाएको थियो ।

त्यसपछि खेलमा भने सचिन हावी भए । उनले चौथो विकेटका लागि सोनु अन्सारीसँग १ सय १ रनको साझेदारी गरेका थिए । सोनुले ५४ बलमा ११ चौका र तीन छक्काको मद्दतमा ७९ रन बनाए । ओसिसले २ सय १० रनमै ४ विकेट गुमाएपनि सचिनले सुमित श्रेष्ठसँग एक सय ५४ रनको साझेदारी गरेपछि ६१ रनको अग्रता लिएको छ ।

सचिनले १३ चौका प्रहार गरेका छन् । सुमितले ५२ बलमा १३ चौकाको सहयोगमा नटआउट ६८ रन बनाएका छन् । बालुवाटारका लागि सुरेश बस्नेतले तीन र नविन तामाङले दुई विकेट लिएका छन् ।

यसअघि पहिलो ब्याटिङ्ग गरेको बालुवाटारलाई दिनेशले नै सम्हालेका थिए । पहिलो विकेटका लागि अभिनाश सिँह र प्रशान्त पण्डितले ६६ रनको साझेदारी गरेपनि दुवै ब्याट्स्म्यिान २० रनको अन्तरमा पेभिलियन फर्केका थिए । दिनेशले त्यसपछि अन्य ब्याट्स्म्यानहरुसँग मिलेर टिमलाई राम्रो स्कोरतर्फ डोर्याएका थिए ।

दिनेशले १ सय २ बलमा १७ चौका र चार छक्का प्रहार गर्दै १ सय २८ रन बनाए । अभिनाशले ३८ बलमा ८ चौकाको मद्दतमा ४५ रन बनाए । दिनेशसँग तेश्रो विकेटका लागि ४८ रनको साझेदारी गरेका नविन तामाङले २६ रनको योगदान दिए । स्वरुप श्रेष्ठले ओसिसका लागि सर्वाधिक पाँच विकेट लिएका थिए ।

Click to comment

Trending