Headline

कामना सेवालाई कर्पोरेट सुपर सिक्सेसको उपाधि

Published

on

कामना सेवा बिकास बैंकले छैटौं माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार सम्पन्न फाइनलमा कामना सेवा बैंकले भारतीय दुतावासलाई ८ रनको झिनो अन्तरले पराजित गर्यो । टस जिति पहिलो ब्याटिंग गरेको कामना सेवाले ६२ रन बनायो । जवाफमा भारतीय दुतावास ५ ओभरमा ५४ रनमा रोकियो ।

भारतीय दुतावासको लागि सुभास सिंहले २८ र निरज कुमार सिंहले ११ रन बनाए । कामना सेवाका लागि हेमन्त श्रीवास्तव, केशव गिरि र घनश्याम ढुंगेलले समान एक–एक विकेट लिए । यस अघि कामना सेवा विकास बैंकले हेमन्तकै ३३ रनको मद्दतमा चुनौतिपूर्ण योगफल खडा गरेको थियो ।

हेमन्तले १७ बलमा ५ चौका र १ छक्का प्रहार गरे । सुरेश उप्रेतीले १३ रन बनाए । भारतीय दुतावासका निरज सिंहले एक विकेट लिए ।

यस अघि पहिलो सेमिफाइनलमा भारतीय दुतावासले एनसेल ए लाई १९ रनले पराजित गरेको थियो भने कामना सेवाले सिभिल बैंकलाई १५ रनले हराएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी र फाइनलको म्यान अफ द म्याच हेमन्त नै चुनिए । उनले २ सय ५ रन बनाउनुको साथै ४ विकेट लिए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरे ।

उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली घोषित भए । उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए । उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए । फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो । प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे ।

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्मा, प्राइम टाइम्स टिभीका अध्यक्ष ऋषि धमला, प्रतिनिधि सभाका सांसद हरि नारायण रौनियार, एसएस इभेन्ट्सका सीईओ रमन शिवाकोटीले पुरस्कार प्रदान गरेका थिए ।

Click to comment

Trending