Headline

१९ बर्षिय हालान्डको दुई गोलपछि डर्टमण्डसँग पिएसजी पराजित

Published

on

१९ बर्षिय नर्वेजियन स्ट्राइकर एर्लिङ्ग ब्रुट हालान्डले उत्कृष्ट फर्मलाई निरन्तरता दिदै दुई गोल गरेपछि बोरुसिय डर्टमण्डले च्याम्पिय लिग प्रि–क्वार्टरफाइनल अन्तर्गत पहिलो लेगमा पेरिस सेन्ट जर्माइनलाई २–१ ले पराजित गरेको छ ।

डर्टमण्ड जानुअघि म्यानचेस्टर युनाइटेडसँग नाम जोडिएका हालान्डले दुवै गोल दोश्रो हाफमा गरेका थिए । राफेल गरेरोले गरेको प्रहारको रिबाउण्डमा गोल गर्दै हालान्डले जर्मन क्लबलाई ६९ औं मिनेटमा अग्रता दिलाएका थिए । त्यसको ६ मिनेटपछि नै किलियन एमबाप्पेले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

लगत्तै हालान्डले २० यार्डबाट गरेको सशक्त प्रहार उत्कृष्ट गोलमा परिणत भएपछि डर्टमण्डले पेरिसमा हुने दोश्रो लेगका लागि अग्रता लिन सफल भयो । अवे मैदानमा गरेको गोलका कारण पिएसजीलाई अब पेरिसमा १–० को मात्रै जित पनि क्वार्टर फाइनल प्रवेश गर्नका लागि पर्याप्त हुनेछ ।

हालान्डले यो सिजन २९ खेलबाट ३९ गोल गरिसकेका छन् भने जनवरीमा डर्टमण्ड आए यता सात खेलमा ११ ।

Click to comment

Trending