Headline

लिभरपुललाई उस्कै तरिकाले हरायो एट्लेटिकोले

Published

on

डिफेन्डिङ्ग च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगको प्रि क्वार्टर फाइनल अन्तर्गतको आफ्नो पहिलो लेगमा एट्लेटिको म्याड्रिडसँग पराजित भएको छ ।

सौल निग्वेजले खेलको चौथो मिनेटमै फाबिन्होको कर्नरमा गोल गर्दै एट्लेटिकोलाई वान्डा मेट्रोपोलिटानोमा अग्रता दिलाएका थिए । खेलमा एट्लेटिकोले निकै छरितो खेल खेल्दै लिभरपुललाई मात्र दुई वटा मौकामा मात्रै सिमित पारेको थियो ।

लिभरपुलले खेल अवधिभर फ्रेममा प्रहार गर्न सकेको थिएन । मोहम्मद सलाहको हेडर बाहिरिएको थियो भने जोर्डान हेन्डरसनको प्रहार बाहिरिएको थियो । लिभरपुलका त्यही नै दुई मौका रहेको थियो । एक गोलले पछि परेको लिभरपुलले अब एनफिल्डमा २–० को जित निकाल्नुपर्ने हुन्छ । एट्लेटिकोले अवे खेलमा एक मात्र गोल गर्न सफल भएमा लिभरपुलले २ गोलको अग्रताले जित्नुपर्नेछ ।

म्याड्रिडमा व्यवास्थापक योर्गन क्लोपले सादियो माने र सलाहको स्थानमा डिभोक ओरिगी र एलेक्स अक्सलेड च्याम्बरलिनबाट शुरुवात गरेका थिए । तर दुवैले खासै असर पार्न सकेनन् ।

खेल शुरु हुनभन्दा केही अगाडी क्लोपले एट्लेटिकोसँग लिभरपुलको जस्तै तिब्र डिएनए रहेको बताएका थिए । क्लोपको दुर्भाग्य, केही समय खराब फर्मबाट गुज्रिरहेको एट्लेटिको अत्यन्तै उत्कृष्ट फर्ममा देखिन्थ्यो । लगातार बिपक्षीको पोस्टमा दवाब बनाउदै आक्रमण बुनेको एट्लेटिको लिभरपुलकै छाया देखिन्थ्यो ।

लिभरपुलले लामै समय एट्लेटिकोको हाफमा बल होल्ड गरेको थियो तर डिएगो सिमिओनेको टोलीले त्यसलाई निकै आरामले सम्हालेको थियो । गल्ती कुर्दै बल नियन्त्रणमा लिन सफल एट्लेटिकोले पहिलो हाफमा लिभरपुललाई एउटा पनि आक्रमण गर्न दिएन । सलाहको हेडर ५३ औं मिनेटमा आएको थियो ।

Click to comment

Trending