Headline

निमा, बिमललाई एनएनआईपिए स्पोर्टस अवार्ड, मदन आदर्श व्यक्तित्व

Published

on

तेक्वान्दोकी निमा तामाङ र प्याराग्लाइडिङ्गका बिमल अधिकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले दिदै आएको एनएनआईपिए स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बसन्तपुर डबलीमा मङ्गलवार भएको समारोहमा दुवै खेलाडीलाई उनीहरुले २०७५ सालमा देखाएको प्रदर्शनका आधारमा उत्कृष्ट घोषणा गरिएको हो । एनएनआईपिएले २८ वटा बिभिन्न बिधाका खेलाडीहरुलाई बर्ष खेलाडी पुरस्कार दिएको हो ।

भलिबलकी सरस्वती चौधरी र एथ्लेटिक्सका अजित कुमार यादवले भने उदीयमान खेलाडीको पुरस्कार जित्न सफल भए । उनीहरुले मुख्य बिधामा पनि उत्कृष्ट खेलाडी पुरस्कार जितेका थिए ।

बक्सिङ्गका बरिष्ठ प्रशिक्षक मदन गुरुङलाई एनएनआईपिएले उनले खेलमा दिएको योगदानका लागि गजराज आदर्श व्यक्तित्व पुरस्कार प्रदान गरेको थियो । यस्तै फोटोपत्रकार राजेन्द्र चित्रकारले उत्कृष्ट खेलकुद पत्रकार घोषित भए भने प्रज्वल ओलीलाई बिशेष पुरस्कारले सम्मान गरिएको थियो ।

प्रज्वलले यसै बर्ष बिश्वकै ब्यवसायिक खेल पत्रकारहरुको संगठन एआईपिएसले दिदै आएको एआईपिएस स्पोर्टस अवार्डमा उत्कृष्ट कोलमको पुरस्कार जितेका थिए ।

पुरस्कार प्राप्त गर्ने अन्य खेलाडीहरुमा तिलक पुन मगर (आर्चरी), दिपेश धामी (ब्याडमिन्टन), मनेश राज राजोपाध्याय (बास्केटबल), पुनम रावल (बक्सिङ), ओमकार सिँह (फेन्सिङ), भरत खवास (फुटबल), टंक बहादुर कार्की (गल्फ), इन्द्र श्रेष्ठ (जुडो), मेनुका कुमारी चौधरी (कबड्डी), बिजय श्रेष्ठ (कराते), उपेन्द्र थापा (कुराँस), प्रेरणा कोइराला (लन टेनिस), गोबिन्द चौधरी (पेनकाक सिलात) र मिलन शाह ठकुरी (रोलर स्पोर्टस) रहेका छन् ।

सेपाक ताक्रोका रोशन तामाङ, शुटिङ्गकी स्ुस्मिता नेपाल, पेम्बा शेर्पा (स्पोर्टस क्लाइम्बिङ्ग), अमृत थापा मगर (स्क्वास), सुभम श्रेष्ठ (स्विमिङ्ग), नबिता श्रेष्ठ (टेबल टेनिस), बसन्त थारु (ट्रयाथ्लन), सञ्जु चौधरी (भारत्तोलन), रमेश गौतम (कुस्ती) र जुनी राई (उसु) अन्य बिजयी खेलाडीहरु रहेका थिए ।

Click to comment

Trending