Headline

एनसेल, भारतीय दुतावास सुपर सिक्सेसको सेमिफाइनलमा

Published

on

एनसेल ए, कामना सेवा बिकास बैंक, सिभिल बैंक र भारतीय दुतावास छैटौं माछापुच्छ्रे बैंक कर्पोेरेट सुपर सिक्स प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार टुङ्गिने प्रतियोगिताको पहिलो सेमीफाइनलमा एनसेल ए ले भारतीय दुतावासको सामना गर्नेछ भने दोश्रो सेमीफाइनलमा कामना सेवा विकास बैंक र सिभिल बैंक भिड्नेछन् ।

मङ्गलवार सम्पन्न पहिलो क्वार्टरफाइनलमा एनसेल ए ले डिफेन्डिङ च्याम्पियन सेन्चुरी बैंकलाई ९ रनले पराजित गर्यो । एनसेल ए ले दिएको ७४ रनको लक्ष्य पछ्याउने क्रममा सेन्चुरीले ६५ रन मात्र बनाउन सक्यो । खेलमा प्लेयर अफ द म्याच चुनिएका एनसेल ए का समाज पौडेलले ३६ रन बनाए ।

कामना सेवा विकास बैंकले एनआईसी एसिया बैंकलाई ३७ रनले पराजित गर्यो । कामनाले पहिलो ब्याटिङ्ग गर्दै ८७ रन बनायो । जवाफमा एनआईसी एसिया बैंकले ५० रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच हेमन्त श्रीवास्तवले कामनाका लागि ३२ रन बनाउनुको साथै १ विकेट लिए ।

सिभिल बैंकले मेगा बैंकलाई ४ विकेटले हरायो । मेगा बैंकले दिएको ५३ रनको लक्ष्य सिभिल बैंकले २ विकेट गुमाएर ४ दशमलव १ ओभरमा पुरा गर्यो । सिभिलको लागि अभय रानाले ३२ रन बनाउनुको साथै १ विकेट समेत लिए । उनी म्यान अफ द म्याच भए ।

अर्को क्वार्टर फाइनलमा भारतीय दुतावासले प्राइम कमर्सियल बैंकलाई ३ विकेटले पराजित गर्यो । पहिलो ब्याटिङ्ग गरेको प्राइम ४१ रनमै समेटिएको थियो । भारतीय दुतावासल ४ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य प्राप्त गर्यो । खेलको प्लेयर अफ द म्याच राजेश चौधरी भएका थिए ।

यस अघि प्रि–क्वार्टरफाइनलमा मेगा बैंकले सुबिसु, भारतीय दुतावासले नबिल बैंक, सिभिल बैंकले सनराइज बैंकलाई हराएको थियो ।

Click to comment

Trending