Headline

दुई दिवसीय क्रिकेट: ग्रेट हिमालयको शान्दार जित

Published

on

वाई वाई ग्रेट हिमालय क्रिकेट एकेडेमीले हिमालय क्रिकेट लिगमा शान्दार शुरुवात गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा जारी अण्डर १९ दुई दिवसीय क्रिकेटको मङ्गलवार दोश्रो दिन ग्रेट हिमालयले हिमालयन क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गर्यो । म्यान अफ द म्याच आसिफ शेखले उच्च फर्मलाई कायमै राखेपछि ग्रेट हिमालयले जितको स्पष्ट १० अंक पनि हात पार्यो ।

समुह बि को खेलमा जितका लागि हिमालयन क्रिकेट एकेडेमीले दिएको ६० रनको लक्ष्य हिमालय क्रिकेट एकेडेमीले मात्र तीन विकेटको क्षतिमा प्राप्त गर्यो । पहिलो इनिङ्गसमा आकर्षक शतक ठोकेका आसिफले दोश्रो इनिङ्गसमा नटआउट ४१ रन बनाए । ४९ बलको सामना गरेका उनले ८ चौका प्रहार गरे ।

हिमालयन क्रिकेट एकेडेमीका लागि सन्दिप खड्काले दुई विकेट लिएका थिए । यसअघि पहिलो इनिङ्गसमा ६० मध्ये ३४ दशमलव १ ओभरमात्रै टिकेको हिमालयन क्रिकेटले १ सय ४४ रन बनाएको थियो । ग्रेट हिमालयका लागि सोनु देवकोटाले तीन तथा रसिद खान र मोहम्मद हुसैनले २–२ विकेट लिएका थिए ।

जवाफमा ग्रेट हिमालयनले ६० ओभरनै टिकेर ३ सय २० रन बनाएपछि एक सय ७६ रनको फराकिलो अग्रता लिएको थियो । आसिफले ९५ बलमा १७ चौका र एक छक्काको मद्दतमा १ सय रन बनाएका थिए । यस्तै आयुष बस्नेतले ६९, आयसमान बामले ५३ र अशोक पौडेलले पनि ५२ रनको योगदान दिएका थिए ।

हिमालयनका लागि सन्दिप शाहीले सर्वाधिक चार विकेट लिएका थिए । हिमालयनले आफ्नो दोश्रो इनिङ्गसमा ७० दशमलव १ ओभर खेल्दै २ सय ३५ रन बनाएपछि ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । हिमालयनका लागि दिपक बोहोराले ५३ रनको पारी खेलेका थिए । रसिदले दोश्रो इनिङ्गसमा पाँच विकेट लिएका थिए । यस्तै सोनु र अशोकले पनि दुई विकेट लिएका थिए ।

Click to comment

Trending