Headline

अभागी चेल्सीबिरुद्ध भार लागेपछि युनाइटेड बिजयी

Published

on

एन्थोनी मार्सियल र ह्यारी मग्वायरले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले भिडियो असिस्टेन्ट रेफ्रि (भार) ले बिवादास्पद बनेको इङ्गलिस प्रिमियर लिग खेलमा चेल्सीलाई २–० ले पराजित गरेको छ ।

जितपछि युनाइटेडले चौथो स्थानमा रहेको चेल्सीसँगको दुरीलाई मात्र ३ अंकमा छोट्याएको छ भने च्याम्पियन्स लिगमा सोझै छनोट हुने आशालाई पनि कायम राखेको छ । सातौं स्थानमा रहेको युनाइटेडको ३८ अंक रहेको छ भने चेल्सीको ४१, टोटेन्ह्याम हट्स्परको ४०, सेफिल्ड युनाइटेडको ३९ अंक रहेको छ ।

स्ट्याम्फोर्ड ब्रिजमा पहिलो हाफको केही समयअघि आरोन वान–विसाकाको क्रसमा मार्सियलले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा हेडरमार्फत गोल गरेपछि युनाइटेड २–० ले बिजयी बनेको थियो ।

तर खेलमा दुई पटक भारको निर्णय चेल्सीको बिरुद्धमा गएको थियो । पहिलो हाफमा मग्वायरले मिची बात्सुयीलाई लात्ती हान्दा पनि भारका लागि जादा चेल्सीबिरुद्ध नै निर्णय भएपछि युनाईटेडका कप्तान रेड कार्ड खानबाट बचेका थिए । कर्ट जुमाले बराबरीको गोल गरेपनि भारले यसको बिरुद्ध निर्णय गरेको थियो ।

सेजार अज्पिलिकेटाले ब्राण्डन विलियम्सलाई धकेलेको भन्दै उक्त मुभलाई फल दिइएको थियो । तर रिप्लेमा युनाइटेडकै फ्रेडले अज्पिलिकेटाको ढाडमा हात राखेको स्पष्ट देखिन्थ्यो । ओलिभर जिरुडको हेडर गोललाई ७६ औं मिनेटमा अफ साइड घोषणा गरिएपछि चेल्सीको लागि अभागी दिन साबित भएको थियो ।

Click to comment

Trending