Headline

एनसेल, सेन्चुरी, एनआईसी एसिया सुपर सिक्सेसको क्वार्टर फाइनलमा

Published

on

एनसेल ए, कामना सेवा विकास बैंक, सेन्चुरी बैंक र एनआईसी एसिया बैंक छैटौं माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेज प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो प्रि–क्वार्टरफाइनलमा एनसेल ए ले कुमारी बैंकलाई ४३ रनले पराजित गर्यो । एनसेल ए ले दिएको ७७ रनको लक्ष्य पछ्याउने क्रममा कुमारी बैंकले ३३ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका एनसेल ए का सबिन्द्र जोशीले २६ रन बनाए ।

अर्को प्रि–क्वार्टरफाइनलमा कामना सेवा विकास बैंकले ग्लोबल आईएमई बैंकलाई ३६ रनले पराजित गर्यो । कामनाले दिएको ९४ रनको लक्ष्य पछ्याउने क्रममा ग्लोबल आईएमईले ५७ रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच कामना सेवा विकास बैंकका समिर क्षेत्रीले ३२ रन बनाए ।

तेश्रो प्रि–क्वार्टरफाइनलमा डिफेन्डिङ च्याम्पियन सेन्चुरी बैंकले नेपाल टेलिकमलाई ४ विकेटले पराजित गर्यो । नेपाल टेलिकमले दिएको ६१ रनको लक्ष्य सेन्चुरी बैंकले ५ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । सेन्चुरी बैंकका सुरज तिमिल्सिनाले ३२ रन बनाए ।

यस्तै एनआईसी एसिया बैंकले आईसीएफसी फाइनान्सलाई ३ विकेटले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्यो । आईसीएफसीले दिएको ५८ रनको लक्ष्य एनआईसी एसिया बैंकले ४ दशमलव ५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका एनआईसी एसिया बैंकका अनिल ढकालले २१ रन बनाए ।

यस्तै मेगा बैंक, भारतीय दुतावास, सनराइज बैंक र प्राइम कमर्सियल बैंक भने प्रि–क्वार्टरफाइनलका लागि छनोट भएका छन् । मेगा बैंकले भारतीय दुतावासलाई १० रनले पराजित गर्यो । मेगाले दिएको ८३ रनको लक्ष्य पछ्याउने क्रममा भारतीय दुतावासले ७२ रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच विजय गौतमले मेगाका लागि ३१ रन बनाए ।

प्राइम कमर्सियल बैंकले नेपाल लाइफ इन्सुरेन्सलाई १८ रनले हरायो । प्राइमले दिएको ८२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल लाइफले ६३ रन मात्र बनाउन सक्यो । प्लेयर अफ द म्याच चुनिएका प्राइम कमर्सियल बैंकका क्रितार्थ शाक्यले २७ रन बनाउनुको साथै २ विकट समेत लिए ।

अर्को खेलमा मेगा बैंकले सिप्रदीलाई १८ रनले पराजित गर्यो । मेगाले ७६ रन बनाएपछि सिप्रदी ५८ रनमै रोकियो । मेगा बैंकका आशिष श्रेष्ठले २१ रन बनाउनुको साथै एक विकेट पनि लिए । कामना सेवा विकास बैंकले कुमारी बैंकलाई २९ रनले पराजित गर्यो ।

कामनाले दिएको ६९ रनको लक्ष्य पछ्याउने क्रममा कुमारीले ३९ रन मात्र बनाउन सक्यो । खेलको प्लेयर अफ द म्याच चुनिएका कामना सेवा विकास बैंकका हेमन्त श्रीवास्तवले २८ रन बनाउनुको साथै १ विकेट समेत लिए । माछापुच्छ्रे बैंकले सनराइज बैंकलाई ५ विकेटले हरायो । सनराइजले पहिलो ब्याटिङ्ग गर्दै ४६ रन बनाएपछि माछापुच्छ्रेले मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

भारतीय दुतावासले सिप्रदीलाई ५ विकेटले पराजित गर्यो । सिप्रदीले दिएको ५४ रनको लक्ष्य भारतीय दुतावासले तीन दशमलव दुई ओभरमा मात्र एक विकेट गुमाएर प्राप्त गर्यो । प्लेयर अफ द म्याच चुनिएका भारतीय दुतावासका राजेश चौधरीले २६ रन बनाए ।

1 Comment

Trending