Headline

दक्षिण अफ्रिकी कप्तानको पदबाट राजीनामा

Published

on

फाफ दु प्लेसिले दक्षिण अफ्रिकाको कप्तान पदबाट राजीनामा दिएका छन् ।

गत महिना विकेटकिपर ब्याट्स्म्यान क्वेन्टिन डि ककले एकदिवसीयमा दु प्लेसिको स्थान लिएका थिए । दु प्लेसिले सोमबार टेस्ट र ट्वान्टी ट्वान्टीको कप्तान पदबाट पनि राजीनामा दिएका हुन् । ३५ बर्षिय दु प्लेसिले खेलको हितका लागि भन्दै कप्तानबाट राजीनामा दिएका हुन् ।

एक बिज्ञप्तिमा दु प्लेसिले राजीनामा दिनु निकै गाह्रो निर्णय रहेको बताए । दु प्लेसिले सबै संरचनाको क्रिकेटमा दक्षिण अफ्रिकाका लागि १ सय १२ खेलमा नेतृत्व गरेका थिए । सन् २०१२ मा कप्तान भएयता दु प्लेसिले ११ शतक प्रहार गर्दै कुल पाँच हजार १ सय १ रन बनाएका थिए ।

उनलाई भर्खरै दक्षिण अफ्रिकामै सम्पन्न इङ्गल्याण्डबिरुद्धको एकदिवसीय र ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि बिश्राम दिइएको थियो । उनले जनवरीमा सन्यास लिने घोषणा भएको रिपोर्टरु आएपनि त्यसलाई निराधार भएको बताएका थिए ।

Click to comment

Trending