Headline

बि डिभिजन अघि बाँसबारीलाई अराउण्ड द हिमालयजको साथ

Published

on

बि डिभिजन लिग क्लबलाई बाँसबारीसँग अराउण्ड द हिमालयज प्रा लि ले मुख्य प्रायोजन गरेको छ ।

आगामी फागुन ११ गतेदेखि शहीद स्मारक बि डिभिजन लिग शुरु हुँदा बासबारी ए डिभिजनमा उत्रने प्रयासमा हुनेछ । २०४१ सालमा ए डिभिजनमा उक्लिएको बासबरी २०६९ मा रेलिगेट भएपछि प्रथम श्रेणीमा उक्लन सकेको छैन ।

ट्राभल र ट्रेकिङ्ग ब्यापारमा रहेको अराउण्ड द हिमालयजका प्रबन्ध निर्देशक सुदामा कार्की र बाँसबारी क्लबका अध्यक्ष प्रेम थापाले आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार अराउण्ड द हिमालयजले क्लबलाई १० लाख नगद दिनेछ भने बासबारीको नाम अराउण्ड द हिमालयज बासबारी क्लब रहनेछ ।

थापाले प्रायोजनका लागि कार्कीलाई धन्यबाद दिदै क्लबको अबको लक्ष्या ए डिभिजनमा उक्लनु रहेको नै बताए । “हामी धेरै अगाडीदेखि नै ए डिभिजन उक्लिएको भएपनि लामो समय त्यहा अडिन सकेको छैनौं । यसपटक हामीले ए डिभिजनकै अनुभव बटुलेका खेलाडीहरुलाई टिममा समेटेका छौं । माथिल्लो स्तरमा अडिरहनका लागि आर्थिक पाटो नै प्रमुख हो । आशा छ अब हामीले गर्न लागेका कामहरुले हामीलाई माथि उक्लदै त्यहा रहिरहन प्रोत्साहन गर्नेछ ।”

कार्कीले प्रायोजन गर्नुपछाडी आफूले नै जिम्मेवारी महसुस गरेको बताए । “त्यही टोलमा हुर्किएर क्लबको खेल सानो देखि नै हेर्दै आएकोले मलाई बासबारीको माया नै बढी लाग्छ । मलाई लाग्छ हामीले आफ्नौ स्थानीय स्तरबाटै खेलाडीहरुलाई खेलमा लागि राख्न सक्ने बनायौं भने क्लब पनि अघि बढ्छ । हाम्रै ठाँउका खेलाडीहरुको बिकास होस भनेरै हामीले प्रायोजन गरेका हौं,” कार्कीले भने ।

Click to comment

Trending