Headline

लिगका उत्कृष्ट खेलाडीहरुको प्रतिक्रिया

Published

on

यो सिजनको शहीद स्मरक ए डिभिजन लिग समाप्तिसँगै घरेलु फुटबलमा मच्छिन्द्र क्लबको नयाँ शक्तिको रुपमा उदय भएको छ । यद्दपी लिगको ब्यक्तिगत पुरस्कारमा भने मच्छिन्द्र हावी भएन । मनाङ्ग, थ्रि स्टार र न्युरोड टिमका खेलाडीहरु बिभिन्न पोजिसनमा उत्कृष्ट बने । हेरौ के भन्छन् लिगका उत्कृष्ट खेलाडीहरुः

दिप कार्की (उत्कृष्ट गोलरक्षक), मनाङ 

चार वटा खेलमा म्यान अफ द म्याच चुनिएकाले नै मलाई मैले जित्छु भन्नेमा बिश्वस्त थिए । अब मैले देखाएको खेल अनुसार पनि उत्कृष्ट गोलरक्षक मैले पाउछु जस्तो लागेको थियो र यो पुरस्कार जिते पनि । मेरो यो व्यक्तिगत पुरस्कार भएकाले म एकदम खुशी छु । मैले गर्ने भनेकै कडा प्ररीश्रम र आफ्नो खेललाई सुधार गर्दै लाने हो । आज या भोली मैले मेरो देशको लागि नम्बर वान गोलकिपर भएर खेल्न सक्छु जस्तो मलाई लाग्छ ।

अनन्त तमाङ (उत्कृष्ट डिफेण्डर) थ्री स्टार

आफुले देखाएको खेलका कारण नै मैले यो अवार्ड पाएको हुँ जस्तो लाग्छ । स्टार खेलाडीको कमी भए पनि थ्रि स्टारले लिगमा जुन पोजिसन ल्याएको छ, त्यो राम्रो हो । अघिलो बर्ष लिग खेल्न पाएको थिइन र यो पाली खेलेर उत्कृष्ट डिफेन्डरको ट्रफी हात पारे । मेरो लाडी यो गर्वको कुरा हो । मलाई आर्मी क्लबको बिकास (खवास) ले पनि उत्कृष्ट खेलेका थिए जस्तो लाग्छ । उनी निकै राम्रो खेल्छन् र कडा परिश्रम पनि गर्छन् ।

बिशाल राइ (उत्कृष्ट मिडफिल्डर), मच्छिन्द्र क्लब

मेरो प्रदर्शन जस्तो भैरहेको थियो त्यो हिसाबले म यस पुरस्कारको लागि छानिने छु जस्तो लागेको थियो । लगातर तेस्रो लिग जितेपछि यो पटक बेस्ट मिडफिल्डर पाउन सफल भए । मलाई मच्छिन्द्रलाई च्यम्पियन बनाउनु पर्छ भन्ने दवाव थियो । क्लबले पैसा खर्च गरेर धेरै स्टार खेलाडीहरु भएको कारण पनि लिग जितेरै देखाउनु पर्ने थियो । म निकै खुशी छु ।

भरत खवास (उत्कृष्ट फर्वार्ड), त्रिभुवन आर्मी क्लब

मैले यो वक्तिगत अवार्ड जिते पनि टिमले दिएको जिमेवारी निभाउन नसक्दा दुखी छु । मैले आज जे सोचेको थिए त्यो भएन । लिग अवधिभर राम्रो खेल्यौं तर उपाधि जित्न सकेनौं । लिग सुरु हुने बेला मैले जस्तो गर्छु सोचेको थिए त्यो गर्न पनि सकिन । बेस्ट फर्वाड त आफ्नो ठाउँमा छ तर लिग उपाधि साथमा नहुदा खल्लो लागेको छ । अन्य फर्वार्डहरुमा मलाई एपिएफका अषिश तमाङले राम्रो खेले जस्तो लाग्छ ।

दर्शन गुरुङ (उदीयमान युवा खेलाडी), न्युरोड टिम

मैले लिग यसरी खेल्न सक्छु जस्तो लागेको थिएन । लिग चल्दै जादा गुरुहरुको कुरालाई मान्दै गए र पछि आत्मबिश्वास बढ्न थाल्यो । यो पुरस्कार जित्दा मलाई एकदम खुशी लागेको छ । मिहिनेत गरेर नै होला यो स्तरसम्म आइपुगेको छु । अझै मिहिनेत गरेर आफ्नो देशको लागि अझै राम्रो गर्ने छु ।

Click to comment

Trending