Headline

मच्छिन्द्र पहिलो पटक ए डिभिजन लिग च्याम्पियन

Published

on

मच्छिन्द्र क्लब पहिलो पटक शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन बनेको छ ।

करिब १० हजार दर्शकको उपस्थितिमा मच्छिन्द्रले दशरथ रंगशालामा उपाधिका लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० ले पराजित ग¥यो ।

मच्छिन्द्रले आत्मघाती गोलपछि अग्रता लिएको हो । रञ्जित धिमलले प्रहार गरेको फ्रि किकलाई बिकास तामाङले हेडर मार्फत क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । गोल लगत्तै आर्मीका गोलकिपर बिकेश कुथुलाई चोट लागेपनि उनले फाइनल गुमाउन पुगेका थिए । उनलाई केही समय निगरानी गरिदै एम्बुलेन्समा अस्पताल लगिएको थियो । खेलमा पहिलो मौका मच्छिन्द्रले बनाएको थियो । नवौं मिनेटमा देवेन्द्र तामाङको फ्रि किकलाई आर्मीका गोलकिपर बिकेश कुथुले सहजै समातेका थिए ।

पहिलो १५ मिनेटमा आर्मीले दुईवटा फ्रि किक पाएपनि दुवैमा चुक्न पुगेको थियो । ६२ औ मिनेटमा आर्मीका सब्स्टिच्युट गोलकिपर बिवस चौधरीले देवेन्द्र तामाङसँगको वान भर्सेस वान को स्थितिमा उत्कृष्ट बचाउ गरेका थिए ।

६८ औं मिनेटमा टंक बस्नेतले निकालेको उत्कृष्ट क्रसमा आर्मीका कप्तान भरत खवासले प्रहार गरेको हेडर मच्छिन्द्रका गोलकिपर बिशाल श्रेष्ठलाई लागेर बचेको थियो । ९१ औ मिनेटमा बिकास तामाङको हेडरलाई बिशाल राइले गोल लाईन क्लियरेन्स गरिदिएका थिए ।

1 Comment

Trending