Headline

भुवनले पुनरागमन गर्दा किशोर पहिलो पटक रास्ट्रिय टोलीमा 

Published

on

आगामी फागुन २९ गतेबाट फागुन २३ गते सम्म थाईल्यान्डमा आयोजना हुने एसीसी ट्वान्टी ट्वान्टी एसिया कप छनोट, इस्टर्न रिजन क्रिकेट प्रतियोगिताका लागि तिब्र गतीका बलर किशोर महतो पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

केहि दिन अघि १८ जनाको नाम सार्वजनिक गरेको नेपाल क्रिकेट संघ (क्यान) ले आज १४ सदस्यिय खेलाडीको नाम सार्वजनिक गरेको हो जसमा यु१९ टोलीका बलर किशोरले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पक्का गर्दा बायाँ हाते स्पिनर भुवन कार्कीले करिब तीन बर्ष पछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । भुवनले सन् २०१७ मा बंगलादेशमा सम्पन्न इमर्जिङ टिम्स कप खेलेका थिए ।

आज सार्वजनिक गरिएको नाममा हालै नेपालमा सम्पन्न ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु त्रिकोणात्मक शृंखलामा पर्न नसकेका पवन सर्राफ र सन्दिप जोराले टोलीमा पुनरागमन गरेका छन् । उक्त शृंखलामा पर्न सफल मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल र तिब्र गतिका बलर कमल सिंह ऐरी भने अन्तिम १४ मा अटाएनन् ।

मध्यक्रमका ब्याट्सम्यान शरद भेषावाकर, तिब्र गतिका बलर सोमपाल कामी र बायाँ हाते स्पिनर बसन्त रेग्मीले अन्तिम १८ मा नै अटाएका थिएनन् ।

एसियाली क्रिकेट परिषद (एसीसी) ले सार्वजनिक गरेको प्रतियोगिताको खेल तालिका अनुसार नेपालले २९ तारिखमा चीनसँग आफ्नो पहिलो खेल खेल्ने कार्यक्रम रहेको थियो । तर कोरोना भाईरसका कारण चीनले प्रतियोगितामा सहभागिता नजनाउने भएका कारण प्रतियोगिताको समुह ए मा रहेको नेपालले आफ्नो पहिलो खेलमा आयोजक थाईल्याण्डसँग मार्च एक तारिखमा खेल्ने छ । त्यस्तै नेपालले समुह चरणको दोश्रो तथा अन्तिम खेलमा मार्च तीनमा मलेसियाको सामना गर्ने छ ।

प्रतियोगिताको समुह बी मा हंगकंग, भुटान, सिंगापुर र म्यानमार रहेका छन् ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल

दिपेन्द्र सिँह ऐरि

पारस खड्का

करण केसी

सन्दिप लामिछाने

बिनोद भण्डारी

अविनाश बोहोरा

सुशन भारी श्रेष्ठ

आरिफ शेख

भुवन कार्की

पवन सर्राफ

कुशल मल्ल

सन्दिप जोरा

किशोर महतो

Click to comment

Trending