Headline

धनलाई सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि

Published

on

धन बहादुर थापाले सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् ।

सुर्य नेपाल टुर २०१९–२० को तेश्रो इभेन्ट जित्ने क्रममा पोखराको पार ६९ को हिमालय गल्फ कोर्समा तेश्रो तथा अन्तिम राउण्डमा धनले २–अण्डर ६७ खेल्दै ४–अण्डर २०७ को स्कोरका साथ उपाधि जिते ।

धनले पुर्व नेपाल च्याम्पियन शिव राम श्रेष्ठमाथि दुई स्ट्रोकको जित हात पारेका हुन् । शिवरामले अन्तिम दिन ३–अण्डर ६६ खेलेका थिए । ३–ओभर २१० को स्कोरका साथ शुक्र बहादुर राइ तेश्रो भए । उनले प्रत्येक राउण्डमा १–ओभर ७० को कार्ड बुझाएका थिए ।

दोश्रो पटक वेस्टर्न ओपनको उपाधि जितेका धनले १ लाख २५ हजार रुपैया प्राप्त गरे । शिवरामले ७५ हजार र तेश्रो भएका शुक्रले ५५ हजार पुरस्कार पाएका थिए ।
अन्तिम दिन ३–ओभर ६९ खेलेका जयराम श्रेष्ठ चौथो र २–ओभरमा ७१ खेलेका सञ्जय लामा कुमार रोक्कासँगै पाचौं भएका थिए । उनीहरुले क्रमशः ४५ हजार र ३५ हजार पाँच सय प्राप्त गरे ।

Click to comment

Trending