Headline

मनाङले जावलाखेललाई हरायो, दोश्रो बन्ने गणितीय सम्भावना कायम

Published

on

शहीद स्मारक ए डिभिजन लिगको अन्तिम चरणको खेलमा मनाङ मस्र्याङ्दी क्लबले जावलाखेल क्लब विरुद्ध १–० को कठिन जित हात परेको छ । मनाङको लागि खेलको एक मात्र गोल निशान लिम्बुले गरेका थिए ।

खेलको पहिलो हाफमा दुवै टोलीले प्राप्त मौका सदुपयोग गर्न नसक्दा खेलमा गोल हुन सकेन । नियमित कप्तान कमल श्रेष्ठ र फरवार्ड विमल रानाले दोहोरो पहेंलो कार्डको कारण खेल गुमाउँदा साबिक बिजेता मनाङ अन्जन बिष्टको कप्तानीमा मैदानमा उत्रिएको थियो ।

खेलको ७५ औँ मिनेटमा सुशील लामाले क्रस गरेको बलमा निशान लिम्बुले हेड गर्दै मनाङ्गलाई अग्रता दिलाएका थिए । त्यस अघि ७४ औँ मिनेटमा जावलाखेलमा सुजित बुढाथोकीले प्रहार गरेको बल साइड बारमा लाग्दै बाहिरिएको थियो ।

जितपछि मनाङको दोस्रो स्थानमा रहँदै उपविजेता हुने गणितीय सम्भावना कायम रहेको छ । मनाङ १३ खेलमा २८ अंक जोड्दै तेस्रो स्थानमा छ भने जावलाखेल १३ खेलमा १९ अंक जोड्दै छैठौं स्थानमा रह्यो । शनिबार हुने लिगको अन्तिम खेलमा मछिन्द्र क्लब आर्मीसँग ५ गोलको अन्तरले पराजित भएमा मनाङ दोस्रो हुनेछ ।

यस अघिको खेलमा च्यासललाई २–० ले पराजित गरेको थ्री स्टार क्लबले चौथो स्थानमा रहँदै लिग समाप्त गर्यो ।

Click to comment

Trending