Headline

नेपालकी साबित्राको उत्कृष्ट प्रदर्शनपछि गोकुलमलाई भारतीय लिगको उपाधि

Published

on

नेपाली महिला टोलीकि स्ट्राइकर साबित्रा भण्डारीले उत्कृष्ट प्रदर्शनका साथ दुई गोल गर्दै गोकुलम केरेला एफसिलाई भारतीय महिला लिगको उपाधि दिलाउन सफल भएकी छिन् ।

बैङ्गलोर स्टेडियममा शुक्रबार भएको निकै रोमाञ्चक खेलमा सावित्राले अन्तिम समयमा गोल गरेपछि गोकुलम क्रिफ्साबिरुद्ध ३–२ ले बिजयी भयो । सावित्राकै क्रसमा खेलको पहिलो मिनेटमै प्रमेश्वरी देविले सहज ट्याप गर्दै गोकुलमलाई अग्रता दिलाएकी थिइन् ।

२५ औं मिनेटमा कमला देवीले गोल गरेपछि गोकुलमले २–० को अग्रता बनायो । दाङ्गमे ग्र्रेसको गोलमा क्रिफ्साले ३३ औं मिनेटमा दुरी छोट्याएको थियो । त्यसको पाँच मिनेटपछि नै रतनबाला देवीले गोल गर्ने अवसर चुकाएपछि क्रिफ्साले बराबरी गर्ने मौका गुमाएको थियो ।

पहिलो हाफ सक्किनु अघि साबित्राले निकालेको उत्कृष्ट क्रसलाई मनिषाले भेट्न नसकेपछि गोकुलमले अग्रतालाई फराकिलो बनाउने मौका गुमाउन पुग्यो । ६९ औं मिनेटमा साबित्रासँग वान भर्सेसन वान स्थितिमा क्रिफ्साकी गोलरक्षक लिन्थोइगाम्बीले डाइभ गर्दै उत्कृष्ट बचाउ गरेकी थिइन् ।

त्यसको दुई मिनेटपछि नै क्रिफ्साले बराबरी ग¥यो । रतनबालाले नै क्रिफ्साका लागि बराबरी गोल गरेकी थिइन् । खेल अतिरिक्त समय तर्फ जानै लाग्दा साबित्राले मनिषाको क्रसमा गोल गरेपछि गोलकुलमले पहिलो पटक लिग उपाधि उचाल्यो ।

प्रतियोगिता अवधिभर सावित्राले कुल १६ गोल गरिन् । उनको उत्कृष्ट प्रदर्शनमा नै गोकुलम प्रतियोगिताको एक मात्र अपराजित टोली बन्दै उपाधि हात पार्न सफल भएको हो ।

Click to comment

Trending