Headline

उपाधि छिनोफानो हुनु अघि के भन्छन् मच्छिन्द्र प्रशिक्षक र कप्तान ?

Published

on

शहीद स्मारक ए डिभिजन लिगमा सबैको अपेक्षा अनुरुप नै शनिबार अन्तिम खेल हुन गइरहेको छ । नेपाली घरेलु फुटबलको ठूला नामहरु भित्र्याएर सनसनी मच्चाएको मच्छिन्द्र फुटबल क्लब र उत्कृष्ट टोली बनेको त्रिभुवन आर्मी क्लब फाइनल सरह बनेको खेलमा भिडिरहेका छन् ।

अंक तालिकामा २८ अंक रहेको छ भने आर्मीको २९ । मच्छिन्द्रलाई जित बाहेक अरु कुनै बिकल्प छैन भने आर्मीलाई बराबरीले मात्रै पनि उपाधि जित्न पर्याप्त हुनेछ । पढौं के भन्छन् मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल र कप्तान विराज महर्जन ।

प्रशिक्षक प्रवेश कटुवाल

हामीले च्याम्पियन बन्नलाई चाहिएको तयारी पुरा गरेको छौं । आर्मीलाई बराबरी भए पुग्छ र हामीलाई जित बाहेकको अर्को कुनै बिकल्प छैन । आर्मी सबैभन्दा राम्रो टिम हो । उनीहरुलाई हराउन निकै गाह्रो हुन्छ । हामीले लिगको शुरुवातदेखि नै गोल गर्ने अवसरहरु पाइरहेका छौं तर धेरै गोल गर्न सकेको थिएनौं । हामीले त्यस्ता अवसरहरुलाई आर्मी बिरुद्धको खेलमा गुमाउनु हुदैन ।

आर्मीको टिम वर्क राम्रो छ भने बेञ्च पनि बलियो छ । उनीहरु लामो समय देखि सँगै खेलिरहका छन् । हामीसँग क्वालिटी प्लेयरहरु धेरै छन् । बिमलले शुरुवाती ११ मा खेलाउनेछौं । उनी हामीसँग बिगत १० दिन देखि प्रशिक्षण मै छन् । त्यस्ले आर्मीलाई दवाब हुन्छ । केही खेलाडीहरु चोटबाट पूर्ण रुपमा मुक्त हुन सकेका छैनन् । त्यस्ता समस्याहरुका बावजुद हामीमा लिग जित्ने आत्मबिश्वास छ ।

कप्तान विराज महर्जन

आर्मी मानसिक र शारिरिक रुपमा सबैभन्दा सशक्त टोली हो । जति आर्मीलाई जितको आवश्यकता छ त्यसको दोब्बर हामीलाई छ । हामी दुवै टिम लिगको शुरुवातदेखि नै उपाधि जित्नेतर्फ अग्रसर बनेका हौैं । अहिले हामीसँग जितको बाहेक अन्य कुनै बिकल्प छैन । उपाधि क्लबका लागि पनि महत्वपूर्ण छ ।

Click to comment

Trending