Headline

डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षक

Published

on

श्रीलंकाले सन् १९९६ मा विश्वकप जीत्दाका प्रशिक्षक डेभ वाटमोर सिंगापुर क्रिकेट टोलीको नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।

सिंगापुर क्रिकेट बोर्डले आगामी फेब्रुअरी २७ तारिखबाट मार्च सात तारिख सम्म थाईल्याण्डको राजधानी बैंककमा आयोजना हुने ट्वान्टी ट्वान्टी एसिया कप छनोट इस्टर्न रिजनको लागि खेलाडीको नाम सार्वजनिक गर्दा प्रशिक्षमा वाटमोरको नाम पनि सार्वजनिक गरेको हो ।

वाटमोरले नेपाली खेलाडीहरुलाई पनि करिब दुई हफ्ता नेपालमा नै आएका प्रशिक्षण दिएका थिए । उनी सन् २०१७ मा नेपालमा आयोजना भएको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्य बिरुद्धको खेल अघि ब्याट एण्ड बल फाउण्ड़ेसनको निमन्त्रणामा नेपाल आएर नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए ।

अस्ट्रेलिययन नागरिक वाटमोरसँग श्रीलंका, बंगलादेश, जिम्बाब्वे, पाकिस्तान जस्ता देश तथा आईपीएलमा पनि प्रशिक्षक भएर काम गरेको अनुभब छ ।

नेपाली खेलाडीलाई प्रशिक्षण दिँदै डेभ वाटमोर

Click to comment

Trending