Headline

रोनाल्डोको बिवादास्पद पेनाल्टीमा युभेन्टस जोगियो

Published

on

क्रिश्चियानो रोनाल्डोले बिवादास्पद पेनाल्टीमा गोल गर्दे युभेन्टसलाई कोपा इटालियामा एसि मिलानसँगको खेलमा पराजयबाट जोगाएका छन् ।

लगातार तीन अवे खेलमा पराजित हुने संघारमा पुगेको युभेन्टसले मिलानसँग १–१ गोलको बराबरी खेल्यो । दोश्रो लेग मार्च ४ मा टुरिनमा हुनेछ । बिहिबार राति भएको खेलमा एन्टे रेबिचको गोलबाट मिलानले अग्रता लिएको थियो । ७१ औ मिनेटमा थिओ हर्नान्डेजले दोश्रो पहेलो कार्ड खाएपछि मिलान १० खेलाडीमा सिमित हुन पुगेको थियो ।

युभेन्टसले त्यसको फाइदा उठाउन नसकेपनि खेलेको अन्त्यमा भार मार्फत पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई जोगाए । रोनाल्डोले प्रहार गरेको बलले डेभिड कालाब्रियाको हातमा लागेपनि रेफ्रिले शुरुमा पेनाल्टी दिएका थिएनन् ।

कालाब्रियाले अर्को तर्फ हेरिरहेकै कारण उनले जानाजान ह्याण्ड नगरेको भन्दै पाओलो भालेरीले पेनाल्टीको अपिल अस्विकार गरेका थिए । तर मोनिटरमा घट्ना पुन एकपटक हेरेपछि उनले पेनाल्टी दिएका थिए ।

गत हप्ता ३५ बर्ष टेकेका रोनाल्डोले क्लब र देशमा गरेर ३५ खेलमा ३५ गोल गरेका छन् । युभेन्टस पछिल्लो केही हप्ता आफ्नो उत्कृष्ट खेल दिन खस्किएको छ । गत हप्ता नै युभेन्टसलाई पहिलो स्थानबाट इन्टर मिलानले स्थानान्तरण गरेको थियो ।

Click to comment

Trending