Headline

संकटाको लिगमा सुखद अन्त्य

Published

on

सरस्वतीलाई दुईका बिरुद्ध ६ गोलको फराकिलो अन्तरले पराजित गर्दै संकटा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सुखद अन्त्य गरेको छ ।

बिहिबारको तेश्रो खेलमा संकटाले ६५ औं मिनेटसम्म ५–० को अग्रता लिएको थियो । सरस्वतीले कजिम बुसारीको दुई गोल मार्फत अग्रता घटाए पनि रोषन पहाडीले अन्त्यमा अर्को गोल गर्दै फराकिलो अन्तरलाई कायमै राखेका थिए । च्यासलका लागि मेसुके ओलुमुले दुई, सभाष गुरुङ, टिका राज गुरुङ र पुर्ण बहादुर श्रेष्ठले पनि १–१ गोल गरेका थिए ।

जितपछि संकटा १३ खेलबाट १८ अंकका साथ सातौं स्थानमा रहेको छ । आठौं र नवौं स्थानमा रहेको च्यासल युथ क्लब र न्युरोड टिमको समान १५ अंक रहेको छ ।

यसअघि बिहिबारको दोश्रो खेलमा नेपाल एपिएफ क्लबले ब्रिगेड बोइज क्लबसँग १–१ गोलको बराबरी खेल्यो । एपिएफले लिग १२ औ स्थानमा सक्काएको छ भने ब्रिगेड १३ औं स्थानमा रहन पुग्यो । ४४ औं मिनेटमा आशिष लामाको गोलबाट अग्रता लिएको एपिएफलाई बिजय गुरुङ्गले दोश्रो हाफको तेश्रो मिनेटको अतिरिक्त समयमा गोल गर्दै बराबरीमा रोकेका थिए ।

Click to comment

Trending