Headline

कर्पोरेट क्रिकेटको उत्कृष्ट खेलाडीलाई पहिलो पटक मोटरसाइकल

Published

on

शनिबारदेखि शुरु हुन गइरहेको माछापुच्छ्रे बैंक कर्पोरेट क्रिकेट प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल पुरस्कार पाउने भएको छ ।

नेपालको कुनै पनि कर्पोरेट क्रिकेट प्रतियोगितामा मोटरसाइकल दिन लागिएको यो पहिलो पटक हो । एसएस इभेन्ट्सले गर्न गइरहेको पाँच दिने प्रतियोगितामा उत्कृष्ट खेलाडीले यामाहाको एफजेड मोटरसाइकल पाउनेछन् ।

प्रतियोगितामा कुल २३ टोलीको सहभागिता रहनेछ । सहभागि टोलीहरुमा प्रायोजक माछापुच्छ्रे, सेञ्चुरी बैंक, सिभिल बैंक, एनआईसि एसिया, सनराइज, नबिल, नेपाल राष्ट्र बैंक, कुमारी, मेगा, ग्लोबल आइएमई, कामना सेवा बिकास बैंक, प्राइम कमर्सियल बैंक, आईसिएफसि फाइनान्स, गुर्खाज फाइनान्स, एनसेल ए र बी, नेपाल टेलिकम, सुर्य नेपाल, सिप्रदी, सुबिसु, भारतीय दुतावास, नेपाल लाइफ इन्स्योरेन्स र दि काठमाण्डु पोस्ट रहेका छन् ।

सहभागि टोलीहरुलाई ८ समुहमा बिभाजन गरिएको छ । राउण्ड रोबिन लिगपछि प्रत्येक समुहबाट दुई टोली प्रि क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताका सबै खेलहरु प्राइम टाइम्स टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिनेछ ।

सेञ्चुरी बैंक प्रतियोगिताको डिफेन्डिङ्ग च्याम्पियन हो । गत बर्ष सेञ्चुरीले फाइनलमा एनआइसी एसिया बैंकलाई पराजित गरेको थियो ।

Click to comment

Trending