Headline

जुमनुको ह्याट्रिकमा पुलिसको फराकिलो जित

Published

on

राष्ट्रिय टोलीका पुर्व स्ट्राइकर जुमनु राइले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लब शहीद स्मारक ए डिभिजन लिगको पाचौं स्थानमा उक्लिएको छ ।

लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेण्ड्स क्लब माथि ३–० को सहज जित दर्ता गरायो । सातौं स्थानमा रहेको पुलिस जितपछि पाचौंमा उक्लिएको छ । यस क्रममा उसले जावलाखेल युथ क्लबलाई तल पारेको थियो ।

पुलिसको २० अंक भएको छ भने एक खेल खेल्न बाकी रहेको जावलाखेलको १९ अंक छ । जावलाखेल अन्तिम खेलमा बराबरीमा रोकिएको खण्डमा पुलिसले लिग पाचौं स्थानमै सक्काउनेछ । लिगमा सातौं पराजय बेहोरेको फ्रेण्ड्स १४ अंक साथ दशौं स्थानमा रहेको छ ।

फराकिलो हार बेहोरेपनि फ्रेण्ड्स पहिलो हाफमा पुलिसलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । जुमानुले गोलकिपर देव लिम्बुबाट रिबाउण्डमा आएको बलमा गोल गर्दै दोश्रो हाफको चार मिनेटपछि नै पुलिसलाई अग्रता दिलाएका थिए ।

५३ औं मिनेटमा जुमानुको सशक्त प्रहारलाई देवले बचाएपछि आएको रिबाउण्डमा सुमन सुबेदीको प्रहार आकाशिएको थियो । तर त्यसको तीन मिनेटपछि नै जुमानुले अर्को गोल गर्दै अग्रतालाई दोब्बर पारेका थिए । ८५ औं मिनेटमा जुमानुले ह्याट्रिक पुरा गर्दै पुलिसको जित सुनिश्चित गरेका थिए ।

जारी लिगमा यो दोश्रो ह्याट्रिक हो । यसअघि थ्रि स्टारका सञ्जोग राइले लिगको पहिलो ह्याट्रिक पुरा गरेका थिए ।

Click to comment

Trending