Headline

अन्तिम ओभरमा चुकेपछि इङ्गल्याण्ड दक्षिण अफ्रिकासँग एक रनले पराजित

Published

on

लुङ्गी एनगिदीले अन्तिम ओभरमा ७ रन बचाउदै उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले रोमाञ्चक ट्वान्टी ट्वान्टी अन्तर्राष्ट्रियमा इङ्गल्याण्डलाई मात्र एक रनले हराएको छ ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा भएको खेलमा पहिलो ब्याटिङ्ग गर्दै घरेलु टोलीले पहिलो ६ ब्याट्स्म्यानहरुको योगदानमा ८ विकेट गुमाउदै १ सय ७७ रन बनायो ।  १९ औं ओभरमा कप्तान ओइन मोर्गनले आक्रमक पारि खेल्दै १६ मध्ये १५ रन जोडेपछि इङ्गल्याण्डलाई अन्तिम ७ बलमा ७ रन चाहिएको थियो । बेरान हेन्रिक्सले मोर्गनलाई पेभिलियन फर्काउदा पनि इङ्गल्याण्डको जित निश्चितप्राय थियो । तर अन्तिम ओभरमा एनगिदी चम्किए ।

एनगिदीको पहिलो बलमा दुई रन लिएपछि टम कुरानले दोश्रोमा ठूलो शट खेल्दै डेविड मिलरलाई क्याच थमाएका थिए । मोइन अलिले अर्को दुई बलमा दुई रन लिएपछि इङ्गल्याण्डलाई दुई बलमा तीन रनको आवश्यकत रह्यो । पाचौं बलमा एनगिदीले अलिलाई बोल्ड गरे भने अन्तिम बलमा अडिल रसिदले पहिलो रन पुरा गरेपनि दोश्रो रन लिने प्रयासमा रन आउट हुन पुगेका थिए ।

इङ्गल्याण्डका लागि मोर्गनले ३४ बलमा ५२ रन बनाए । टप अर्डरमा जेसन रोयले ३८ बलमा सात चौका र तीन छक्का प्रहार गर्दै ७० रनको आक्रमक पारि खेलेका थिए । मोर्गनले ७ चौका र एक छक्का हिर्काए । म्यान अफि द म्याच एनगिदीले तीन विकेट लिए भने आन्दील फेलुक्वायो र हेन्रिक्सले पनि दुई दुई विकेट लिएका थिए ।

दक्षिण अफ्रिकालाई छरितो शुरुवात दिने क्रममा कप्तान क्वेन्टिन डि ककले १५ बलमा तीन चौका र दुई छक्काको मद्दतमा ३१ रन बनाएका थिए । अर्का ओपनर टेम्बा बभुमाले सर्वाधिक ४३ रन बनाए भने रासी भान डर डुसेनले पनि ३१ र जे जे स्मुट्सले २० रन जोडेका थिए ।

Click to comment

Trending